Connect with us
Kapilvast Forest

पहिरोले अभिभावक गुमेपछि बेसहारा

२०७७, ९ भाद्र मंगलवारमा प्रकाशित

 

सिन्धुपाल्चोक — सबेरै केही बालबालिका गाउँभन्दा पर लप्से मैदानमा डुल्न गएका थिए । गत साउन ३० गते बिहान ६ बजेतिर सातो उड्ने गरी ड्याङड्याङ आवाजसँगै पहिरो खस्यो । जुगल–२ को लिदीबीचका १७ घर एकै पटक बगे । सिंगो गाउँ क्षणभरमै पहिरोमय बन्यो । बालबालिका रुँदै घर भएतर्फ दौडन थाले ।

सन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी लामागाउँको पहिरोपछि नजिकैको लप्सेडाँडामा पाल टाँगे रबनाइएको आश्रयस्थलमा खेल्दै विस्थापित परिवारकाबालबालिका । यहाँ रहेका १ सय २० बालबालिकामध्ये १४ जनाले पहिरोमा बाबुआमा गुमाएका छन्। पहिरोमा १७ घर पुरिँदा बेपत्ता ३९ मध्ये ३३ जनाको शवफेला परेकामा १७ जना बालबालिका मृत भेटिएका थिए ।

अहिले राहतमा पाएको पालमा बालबालिका बसिरहेका छन् । ‘कतिपय बालबालिकालाई आफ्नो बाबुआमा बितेको र आफू टुहुरो भएको पनि थाहा छैन ।पहिरोमा बेपत्ता ३९ मध्ये ३३ जनाको शव फेला परेकामा १७ जना बालबालिका छन् ।

जुगल–२ का वडाध्यक्ष प्रताप लामाले बालबालिकाको व्यवस्थापनका लागि अहिलेसम्म कुनै योजना बन्न नसकेको बताउनु भयो । ‘अहिले उहाँहरू लाइ गाँस, बासको व्यवस्था मात्रै भएको छ । अब केही गर्नुपर्ला,’ लामाले भन्नु भयो  । कान्तिपुर समाचार बाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,