Connect with us
Kapilvast Forest

भारतमा ५ तल्ले घर भत्किदा एकको मृत्यु, ९० जना पुरिए

२०७७, ९ भाद्र मंगलवारमा प्रकाशित

एजेन्सी-भारतको महाराष्ट्र रायगढमा एक ५ तल्ले घर भत्कँदा करिब ९० जना पुरिएका छन्।पुरिएकामध्ये ८ जनाको उद्धार गरिएकोमा १ जनाको मृत्यु भएको समाचार संस्था एएनआईले जनाएको छ ।

म्बईदेखि १७० किलोमिटर टाढा रहेको महद सहरमा भत्किएको सो अपार्टमेन्टमा ४७ वटा फ्लाट रहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । १० वर्ष पुरानो सो घरमा ५० परिवार रहँदै आएको बताइएको छ ।

भारतमा मनसुनका बेला यस्ता घरहरू भत्किनु त्यति अनौठो भने होइन । बीबीसीका अनुसार यस वर्षको मनसुनमा हालसम्म ८ सय बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

मुख्यमन्त्री उद्धव ठाकरेले स्थानीय विधायकसँग घटनाबारे छलफल गरेका छन् । ठाकरेले उद्धार तथा राहतका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् ।गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहायता उद्धारका लागि सबै निकायलाई निर्देशन दिनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,