Connect with us
Kapilvast Forest

रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

२०७७, ९ भाद्र मंगलवारमा प्रकाशित

corona

बुटवल – रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उनको सोमबार राति भीम  स्पतालमा मृत्यु भएको हो ।

एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दवाव दिएकाले उनलाई भीम अस्पतालमा भर्ना गरिएको परिवारका सदस्यले बताएका छन् ।

गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले उनको मृत्यु भएको पुष्टि गरेका छन् । योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,