Connect with us
Kapilvast Forest

ओली दाहाल छलफल सकियो:भदौ १३ गते नेकपा सचिवालय बैठक

२०७७, ९ भाद्र मंगलवारमा प्रकाशित

kp and dhahal

काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को सचिवालय बैठक आगामी भदौ १३ गते बस्ने भएको छ ।पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको छलफलपछि भदौ १३ गते ११ बजे सचिवालय बैठक बोलाउने सहमति भएको हो ।कार्यदलको प्रतिवदन कार्यान्वयनका विषयमा छलफल गर्न ओली र प्रचण्डबीच झण्डै दुई घण्टा छलफलपछि सचिवालय बैठकको समय निर्धारण गरिएको हो ।

पार्टी भित्रको विवाद समाधान गर्न महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन सचिवालय बैठकमा छलफलपछि स्थायी कमिटीमार्फत अनुमोदन गरेसँगै कार्यन्वयनमा लैजाने नेताहरुको तयारी छ ।

ओलीप्रचण्डले अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वको ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,