Connect with us
Kapilvast Forest

थप दुई कोरोना संक्रमितको मृत्यु

२०७७, ९ भाद्र मंगलवारमा प्रकाशित

corona

महोत्तरी-महोत्तरीमा मंगलबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।जिल्लाको मनरासिस्वा नगरपालिका वडा नम्बर ५ का एक जना ७५ वर्षीय कोरोना संक्रमित पुरूषको आज जिल्ला अस्पताल जलेश्वर ल्याउने क्रममा मृत्यु भएको हो।

क्यान्सरबाट पीडित ती पुरूष केही दिन पहिले चितवनको क्यान्सर अस्पतालमा उपचार गराएर फर्केका थिए। त्यहाँ उनको पिसिआर समेत परीक्षण गरिएको थियो। अस्पतालबाट फर्केका उहाँ घरमै बसिरहेका थिए। उहाँको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा भर्ना गर्नका लागि जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला अस्पताल महोत्तरीका कोरोना फोकल पर्सन गिरेन्द्र कुमार झाले जानकारी दिनु भयो ।

त्यस्तै, अर्का एक जना महोत्तरीकै बलबा नगरपालिका वडा नम्बर ३ का ७७ वर्षीय कोरोना संक्रमित पुरूषको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन कुमार झाले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,