Connect with us
Kapilvast Forest

कुलमान घिसिङको चौतर्फि प्रससां कार्यकाल दोहोर्‍याउन माग

२०७७, ९ भाद्र मंगलवारमा प्रकाशित

 

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका कुलमानले कुशल व्यवस्थापनमार्फत नेपालमा लोडसेडिङ अन्त्य गरेपछि उहाँको प्रशंसा सुरु भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने र रुग्ण बनेका जलविद्युत् आयोजना तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिएका कारण उहाँको प्रशंसा झनै थपिएको छ ।

उहाँको कार्यकाल सकिनै लाग्दा दोस्रो कार्यकाल पनि प्राधिकरणमा घिसिङलाई नै दोहोर्‍याउनुपर्छ भन्ने माग उठिरहेको छ । सामाजिक सञ्जालमा नेपाल विद्युत् प्राधिकरणको फेसबुक पेजमा ह्यासट्याग नै सुरु भएको छ ।

कलाकारहरुले पनि कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍या​उनुपर्छ भनेर अभियान सुरु गरेका छन् ।

वरिष्ठ कलाकार हरिवंश आचार्यले फेसबुक पेजमा कुलमान घिसिङको फोटो राखेर लेख्नुभएको छ, ‘देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ, उज्यालो ल्याउनेलाई सम्मान गरौँ । उहाँको ऊर्जाले देशको ऊर्जा बढ्नेछ ।

त्यस्तै हास्य कलाकार मनोज गजुरेलले फेसबुकमा लेख्नुभएको छ, ‘बहुमत जनता कुलमानलाई दोहोर्‍या​उनुपर्छ भन्दैछन् भने बहुमतको सरकारलाई यसो गर्न कुन मतले छेक्छ रु ओके छ त भनेर समयको माग र जनताको चाहानाको कदर गरे भैगो । श्री कुलमानलाई नै सदर गरे भैगो भन्नु भएको छ ।

नायिका करिस्मा मानन्धरले पनि ‘थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन्, कुलमान घिसिङ फेरि चाहिन्छ भन्नु भएको छ ।

गायक शिव परियारले फेसबुकमा लेख्नुभएको छ, ‘म व्यक्तिगत रुपमा कुलमान घिसिङज्यू फेरि एक पटक विद्युत् प्राधिकरणको हाकिम हुनुपर्दछ भनेर नेपाल सरकारसँग एउटा नेपाली नागरिकको हैसियतमा जोडदार माग गर्नु भएको छ ।

गायक प्रमोद खरेलले ट्विटरमा लेख्नुभएको छ, ‘एक सच्चा सपुत कुलमान घिसिङज्यूलाई मिल्छ भने पुन नियुक्ति गर्दा हुन्छ । थाहा छ, व्यक्तिभन्दा विधि ठूलो हो, हो भने नयाँ आउनेले कमसे कम देश र जनताका लागि अर्को कुलमान बन्न सक्नुपर्छ । नत्र खबरदार जनतालाई धोका हुनेछ ।’कलाकारका पोस्टमा अन्य प्रयोगकर्ताले पनि घिसिङलाई दोहोर्‍याउन माग गर्दै समर्थन जनाएका छन् ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,