Connect with us
Kapilvast Forest

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा ईश्वर पोखरेलका सम्धी

२०७७, ९ भाद्र मंगलवारमा प्रकाशित

upendra koirala

काठमाडौं – देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त हुनु हुने भएको छ । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुनुहुन्छ ।

कोइरालालाई नेपाल सरकार (मन्त्री स्तर) बाट निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरिएको छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष कोइरालालाई बनाउने गरी सञ्चालक नियुक्त गरेको हो ।

अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था अनुसार अब बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने बैंक स्रोतले बताएको छ ।

बैंकको सञ्चालकहरुमा हाल अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, जनककुमार वराल, प्रा। डा। राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा। डा। माधवप्रसाद दाहाल रहनु भएको छ । बैंकका सञ्चालकहरु मध्येबाटै अध्यक्ष चुन्नु पर्ने व्यवस्था भएकाले सरकारले उहाँलाई अध्यक्ष नियुक्त गर्न अन्य सञ्चालकहरुलाई पहिलने नै भनेर हाल सञ्चालकमात्रै नियुक्त गरेको हो ।

कोइराला तत्कालिन नेकपा एमालेको सरकार हुँदा २०५१ सालमा खाद्य संस्थानको महाप्रवन्ध नियुक्त हुनु भयो । खाद्य संस्थान पछि उनी महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख ,वाणिज्य तथा आपुर्ति मन्त्री बनेका बेला कोइराला नेपाल आयल निगमको कार्यकारी अध्यक्ष

२०६२र६२ पछि कोइराला उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त हुनु भएको थियो ।उहाँ विविध विषयमा विवादिद हुनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,