Connect with us
Kapilvast Forest

स्वाब दिएर खुलेयाम हिँडे,१३ औँ दिनमा रिपोर्ट आउँदा ४० जनामा सङ्क्रमण

२०७७, १० भाद्र बुधबारमा प्रकाशित

covid

 

सर्लाही- सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैताबाट थ्रोट स्वाब पठाएको १३ औँ दिनमा रिपोर्ट आउँदा ४० जनामा कोरोना सङ्क्रमण पाइएको छ । गोडैता नगरपालिकाले गत साउन २९ गते ४०२ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । त्यसमध्ये मङ्गलबार ७९ जनाको रिपोर्ट आउँदा ४० जनामा सङ्क्रमण पाइएको गोडैता नगरपालिका, स्वास्थ्य शाखा उप–संयोजक प्रमोद पण्डितले जानकारी दिनुभयो ।

सङ्क्रमितहरू अधिकांश सर्वसाधारण रहेका छन् । यस्तै जिल्ला प्रहरी कार्यालय, मलङ्गवाबाट ल्याएर स्वाब सङ्कलन गरिएका छ जना थुनुवामा पनि कोरोना सङ्क्रमण पाइएको छ । स्वास्थ्य उप–संयोजक पण्डितका अनुसार ४०२ जनाको स्वाब पठाइएकोमध्ये आइतबारदेखि रिपोर्ट आउन सुरु भएको हो । स्वाब पठाएको १३ औँ दिनसम्म ३८७ जनाको रिपोर्ट आएको छ । जसमा ६९ जनामा सङ्क्रमण पाइएको छ ।

अझै १५ जनाको रिपोर्ट आउन बाँकी रहेको पण्डितले बताउनुभयो । अहिलेसम्म सङ्क्रमण पुष्टि भएकामध्ये नौ जनालाई सदरमुकाम मलङ्गवास्थित नर्सिङ कलेजको भवनमा बनाइएको आइसोलेसनमा पठाइएको छ भने अन्य सबै सङ्क्रमित आ–आफ्नो घरमै बसिरहेका गोडैता नगरपालिकाका, प्रमुख देवेन्द्र यादवले बताउनुभयो ।

घरमै बस्दा जोखिम हुने भएकाले सङ्क्रमितहरूलाई सदरमुकाम लाने प्रयास गरेपनि नौ जनाबाहेक अन्यले मलङ्गवाको आइसोलेसनमा जान अस्वीकार गरेका नगर प्रमुख यादवको भनाइ छ । उहाँले दुई हप्तापछि बल्ल रिपोर्ट आउँदा स्वाब दिएकाहरू गाउँघरमा खुलेयाम हिँडेको पाइएकाले थप व्यक्तिहरूमा पनि सङ्क्रमण सारेको हुनसक्ने बताउनुभयो ।

नगर प्रमुख यादवले बुधबार पुनः वेणी भोला नमूना माध्यमिक विद्यालय गोडैताको प्राङ्गणमा थप व्यक्तिहरूको स्वाब सङ्कलन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको खबर आजको गोरखापत्रले छापेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,