Connect with us
Kapilvast Forest

कपिलवस्तुमा एम्वुलेन्स दुर्घटना

२०७७, १० भाद्र बुधबारमा प्रकाशित

ambulence_NewsCenterNepal

कपिलवस्तु-
शव बोेकेको एम्बुलेन्स कपिलवस्तुको पुर्व पश्चिम राजमार्ग अन्र्तगत वाणगंगा ७ मध्य वनगाईमा आज बिहान साढे चार वजेको समयमा दुर्घटना भएको छ । नेपाल परोपकार फाण्डेसन वाँकेको एम्वुलेन्स काठमाण्डौ टिचिङ्ग अस्पतालबाट शव लिएर दाङ्ग जादै गरेको गरेको भे १ च २८९८ नम्वरको एम्वुलेन्स दुर्घटनामा परेका इलाका प्रहरी प्रहरी कार्यालय पिपराले जनाएको छ ।

लामो दुरीका कारण चालक निदाउदा र एम्वुलेन्सको गति तिब्र रहेकोले सो दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्वुलेन्स विद्युत पोल ठक्कर खाएको थियो भने विद्युतको पोल एम्बुलेन्सको माथि खस्दा समेत कुनै मानवीय क्षति नभएको पिपरा प्रहरी कार्यालयका प्रहरी निरिक्षक आयुष जोसीले जानकारी दिनु भयो ।

एम्वुलेन्सले मृगौला फेल भएर मृत्यु भएको शव लिएर दाङ्ग तर्फ जादै गरेको अवस्थामा मध्य वनगाईमा दुर्घटना परे पछि स्थानीय प्रत्यक्षदर्शि भक्तिराम गुरुले प्रहरी र स्थानियलाई खवर गरेका थिए ।

एम्बुलेन्स माथि र वरिपरी बिद्युतका तारले जेलीएको हुदा विद्युत काटिए पछि मात्र एम्वुलेन्सबाट चालक र लाई वाहिर निकालिएको हो । चालक लाई भने कुनै चोट पटक समेत नलागेको र एम्बुलेन्समा सामान्य क्षति भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,