Connect with us
Kapilvast Forest

कोरोरोना सङ्क्रमणका कारण थप तीनजनाको मृत्यु

२०७७, १० भाद्र बुधबारमा प्रकाशित

काठमाडौ-कोरोरोना सङ्क्रमण ( कोभिड १९) कारण मृत्यु हुने क्रम बढेको छ । गएराती थप तीनजनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना, बिराटनगरमा एक जना र बाँकैमा अर्का एकजनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण ५४ बर्षका बर्षका पुरुषको गएराति पाटन अस्पतालका उपचारका क्रममा मृत्यु भएको छ ।

उहाँको गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत भइरहेको अस्पताले जनाएको छ । बाँकेमा पनि थप एकजना कोरोना सङक्रमणका कारण मृत्यु भएको छ । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ बर्षका पुरुषको मृत्यु भएको हो ।

दुवै फोक्सोमा निमोनियाको समस्या भएका उहाँलाई भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । भर्ना गरिएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल बनेपछि कोहलपुर मेडिकल कलेजमा सारेर भेन्टिलेटरको सहायतामा उपचार भइरहेके अवस्थामा गएराति साढे एक बजे मृत्यु भएको अस्प्तालले जनाएको छ । विराटनगर महानगरपालिका–११ मा बस्दै आउनु भएका एक महिलाको पनि मृत्यु भएको छ ।

कोरोना भाइरसको सङक्रमणका कारण गएराति ४४ बर्षका महिलाको मृत्यु भएको हो । मोरङको टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा रातिती महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमणका कारण आजसम्म मंगलबार १ सय ६८ जनाको मृत्यु भइसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,