Connect with us
Kapilvast Forest

भेन्टिलेटर र आइसीयू बेड थप्नका लागि बजेट निकासा

२०७७, १० भाद्र बुधबारमा प्रकाशित

ventilater

काठमाडौ-सरकारले सातवटै प्रदेशमा कोरोना भाइरस कोभिड १९ को उपचारका लागि भेन्टिलेटर र आइसीयू बेड थप्नका लागि बजेट निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्येक प्रदेशमा २, २ जिल्ला छनोट गरेर भेन्टिलेटर र आइसीयू बेड निर्माणका लागि २, २ करोड बजेट निकासा गरेको संसदीय ससमितिलाई जानकारी दिएको छ ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको आजको भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले प्रत्येक प्रदेशका २, २ जिल्लामा ४ भेन्टिलेटर र १० आइसीयू बेड निर्माण गर्नका लागि बजेट निकासा भएको जानकारी दिनुभयो । ति अस्पतालमा भेन्टिलेटर र आइसीयू बेड संचालन गर्ने चिकित्सक पनि पठाउने तयारी रहेको उहाँले बताउनुभयो ।

कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएको प्रदेश २ मा २३ जना विशेषज्ञ चिकित्सकलाई पठाउन लागिएको पनि पोखरेलले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा आगामी ४० दिनमा ५० हजार व्यक्तिमा कन्ट्याक्ट ट्रेसिङ गरिने पनि उहाँले बताउनुभयो । समितिले कोरोना परिक्षण गरेकाको रिर्पोट २४ घटाभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको सभापति जयपुरी घर्तिले सीआईएनलाई जानकारी दिनुभयो । समितिले पिसिआर परिक्षणको दायर बढाउँदै एक घर एक व्यक्तिको जाँच गर्न निर्देशन पनि दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,