Connect with us
Kapilvast Forest

आन्तरिक उडान सुरु गर्ने तयारी

२०७७, १० भाद्र बुधबारमा प्रकाशित

nepal airlaince

काठमाडौ-नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ ।

यसको लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । आज मन्त्रालयमा आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा मन्त्री योगेश भट्टराईले चाडबाड आएको र उडान खोल्नुपर्नेमा सरकारले छलफल गरिरहेको भन्दै तराईमा भने तत्काल उडान नखुल्ने बताउनुभयो ।

पहाड र हिमाली भेगका विमानस्थलमा उडान खोल्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भईरहेको मन्त्रालयका सचिव केदार अधिकारीले सीआइएनसँग बताउनुुभयो । अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट खुल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,