Connect with us
Kapilvast Forest

बक्सिङ खेलाडीको कोरोना बिमा

२०७७, १० भाद्र बुधबारमा प्रकाशित

boxing bima

काठमाडौं-गत मंसीरमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा सहभागी १६ बक्सिङ खेलाडीको कोरोना बिमा गरिएको छ।पूर्वबक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३औं सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बिमा गरिदिनु भएको हो ।

नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा हरेक खेलाडी र प्रशिक्षकको जनही एक लाख रूपैयाँ बराबरको कोरोना बिमा गरिदिनु भएको हो ।

१३औं सागमा १० पुरुष र ६ महिला गरी १६ खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। जसमा नेपालले तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो। १३औं सागमा नेपालका मीनु गुरुङ, सनिल शाही र भूपेन्द्र थापाले स्वर्ण पदक जित्नु भएको थियो ।

यसैगरी ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दुवाडीले रजत तथा सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापाले कांस्य पदक जितेका थिए। १३औं सागमा दीपक श्रेष्ठ मात्र पदक जित्न असफल हुनु भएको थियो ।

यसैगरी १३औं सागमा प्रशिक्षणमा सहभागी बक्सिङका मूख्यप्रशिक्षक प्रकाश थापा मगर र प्रवीण तुलाधरको पनि कोरोना बिमा गरिएको छ।

कोरोना भाइरसको महामारीका बेला विभिन्न खेलका खेलाडीको बिमा भएको समाचार आइरहँदा बक्सिङ खेलाडीको पनि बिमा गरिदिएको पूर्वबक्सर ओमनारायण श्रेष्ठले जानकारी दिनु भयो ।

श्रेष्ठले बिमा पोलिसी एकमुष्ट प्रमुख प्रशिक्षक प्रकास थापा मगरलाई हस्तान्तरण गरेका थिए।यसले महामारीको समयमा पनि खेलाडीको हौसला बढाउन सहयोग पुग्ने पूर्वबक्सर श्रेष्ठले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,