Connect with us
Kapilvast Forest

दक्षिण कोरियामाकोराना भाइरसको जोखिम बढेपछि विद्यालय बन्द

२०७७, १० भाद्र बुधबारमा प्रकाशित

एजेन्सी-

दक्षिण कोरियामा कोराना भाइरसको जोखिम पुनः बढ्न थालेपछि राजधानी सोलका विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको छ।गएको दुईहप्तामा कोरियाका विद्यालयका शिक्षक र विद्यार्थीहरु गरी झन्डै दुईसय कोरोना संक्रमित बनेपछि विद्यालय बन्द गर्न भनिएको हो।

त्यहाँको शिक्षा मन्त्रालयका अनुसार अनलाईन कक्षा भने संचालन हुनेछन्। गत मे बाट दक्षिण कोरियामा विद्यालयहरु पुनः खोलिएका थिए।तर पछिल्लो समय कोरोनाका नयाँ संक्रमितहरु देखिन थालेका छन्। मंगलबार मात्र कोरियामा २८० नयाँ संक्रमित भेटिएका थिए।

दक्षिण कोरिया समग्रमा कोरोनाबाट धेरै प्रभावित राष्ट्र भने होइन। हालपनि कोरोना नियन्त्रण गर्न विश्वका कयौं देशहरुमा कोरियाली मोडल अपनाइएको छ।

यहाँ हालसम्म १७ हजार ९४५ मा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ३१० को मृत्यु भइसकेको छ भने १४ हजार निको भएर घर फर्किसकेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,