Connect with us
Kapilvast Forest

गोली प्रहार गरी लागुऔषध कारोवारी पक्राउ

२०७७, १० भाद्र बुधबारमा प्रकाशित

रुकुम पश्चिम –प्रहरीले रुकुमपश्चिममा दुई लागुऔषध कारोवारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको टोलीले जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई नियन्त्रणमा लिएको हो ।

गोली प्रहारबाट एकजना लागू औषध कारोबारी घाइते भएका छन् ।  प्रहरीले लागूऔषध कारोबारी मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुनलाई घाइते अवस्थामा पक्राउ गरिएको जनाएको छ । पुनको तिघ्रामा गोली लागेको छ ।

उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन समेत पक्राउ परेका छन् ।अर्को लागू औषध कारोबारी जयप्रकाश घर्ती भने फरार भएको प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,