Connect with us
Kapilvast Forest

लकडाउनको चपेटामा परेका ईट्टाभट्ठाका मजदुरलाई राहत

२०७७, १० भाद्र बुधबारमा प्रकाशित

rahat_NewsCenterNepal

कपिलवस्तु- 
कपिलवस्तुका इट्टा उद्योगमा काम गर्ने मजदुरलाई राहत सामाग्री बितरण गरिएको छ । विश्व शिक्षाको सहयोगमा दलित मानव अधिकार निगरानी समिति कपिलवस्तुले जिल्लाका विभिन्न ईटा उद्योगमा काम गर्ने ९८ जना कामदारहरु राहत सामाग्री वितरण गरेको छ ।

शिवराज नगरपालिका क्षेत्रमा रहेको इट्टा उद्योगमा काम गर्ने ४८ जना र महाराजगञ्ज नगरपालिका क्षेत्रमा रहेका ईट्टा उद्योगमा काम गर्ने ५० जना मजदु्हरुलाई अतिआवश्यक सामाग्री बितरण गरिएको दलित मानव अधिकारी निगरानी समिति कपिलवस्तुका अध्यक्ष मिना परियारले बताउनुभयो ।

इट्टा उद्योगमा काम गर्ने मजदु्रका बालवालिकाहरुलाई अहिले खानाको समस्या रहेकोले अभिभावक मार्फत वालवालिकाहरुलाई सहज होस भन्ने उद्देश्यले राहत प्रदान गरिएको परियारले बताउनुभयो । चामल, दाल, तेल लागएत अतिआवश्यक सामाग्रि बितरण गरिएको छ ।

कोरोना भाइरसका कारण उद्योग संचालन नभएको र दैनिकि जिविको पार्जनमा समेत समस्या आएकोले यस परिस्थितिमा बालवालिकाहरु कुनै असर नपरोस भन्ने उदेश्यले राहत वितरण गरिएको हो । पछिल्लो समयमा ईट्टा उद्योगमा काम गर्ने बालवालिकाहरु नभएपनि श्रमिकहरुलाई अहिले जिविको पार्जनमा समस्या देखिएको छ ।

लकडाउन भएपछि काम गर्न नगएको र अहिले साझ बिहान के खाने भन्ने अवस्था सिर्जना भएकोले महाराजगंज नगरपालिका र शिवराज नगरपालिकामा राहत वितरण गरिएको दलित मानव अधिकार निगरानी समितिले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,