Connect with us
Kapilvast Forest

थुनुवा कक्षमा रहेका विप्लव समूहका ८ नेतालाई कोरोना

२०७७, १० भाद्र बुधबारमा प्रकाशित

covid

कपिलवस्तु -प्रहरी हिरासतमा रहेका विप्लव निकट ८ जना नेतालाई कोरोना भएको छ। इलाका प्रहरी कार्यालय बुटवलको थुनुवा कक्षमा रहेका थिए। संक्रमण देखिनेमा रुपन्देही जिल्ला इन्चार्ज र सचिवालय सदस्यहरू रहेका नेकपा निकट स्रोतले बताएको छ। भीम अस्पताल भैरहवामा पिसिआर परीक्षण गर्दा कोरोना देखिएको थियो। प्रहरीले साउन १३ गते १० जनालाई पक्राउ गरेको थियो।

तीमध्ये ५ जनालाई हात हतियार तथा खरखजना ऐनअन्तर्गत मुद्दा चलाइएको थियो। बाकी ५ जनालाई प्रहरीविरुद्ध अभद्र व्यवहार गरेको भनी मुद्दा चलाइएको थियो। अभद्र व्यवहार अन्तर्गतको मुद्दा आजै सुनुवाइ गरी रिहा गरिएको छ। रिहा भएका सबै आइसोलेसनमा राखिएको छ। थुनामा रहेका ३ मध्ये १ जनालाई इप्रकाको आइसोलेसन र २ जनालाई भैरहवामा आइसोलेट गरिएको प्रहरीले बताएको छ ।

प्रदेश ५ मा बुधबार ७३ जना संक्रमित थपिएका छन्। प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलका अनुसार प्रदेश ५ मा बुधबार दिउसो ४ बजेसम्म ७३ जना संक्रमित थपिएका हुन् ।

पौडेलका अनसार ६१ जना पुरुष र १२ जना महिला छन्। बुधबार थपिनेमा रुपन्देहीका २७, बाँकेका २२,नवलपरासी पश्चिमका ९, प्युठानका ८, कपिलवस्तुका ५, बर्दिया र गुल्मीका १ १ जना रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,