Connect with us
Kapilvast Forest

भारतीय पूर्व राष्ट्रपति मुखर्जी ‘डिप कोमा’ मा– सैनिक अस्पताल

२०७७, १० भाद्र बुधबारमा प्रकाशित

 

एजेन्सी –भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी ‘डिप कोमा’ मा रहेको उनको उपचार गरिरहेको भारतीय सैनिक अस्पतालले जनाएको छ । नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी गराएको हो ।

सो अस्पतालले पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरको सहायताले डिप कोमामा राखिएको जनाएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । उनलाई केही समय यही उपचार प्रविधिमा राखिने पनि सो अस्पतालले जानकारी दिएको बताइएको छ ।

सो अस्पतालमा गत अगष्ट १० मा उनको मष्तिष्कको शल्यक्रिया गरिएको जनाइएको थियो । पछि उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको पनि समाचारमा जनाइएको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,