Connect with us
Kapilvast Forest

अमेरिकामा कोरोना संक्रमित कोसंख्या ५९ लाख ९९ हजार ५५४ पुग्यो

२०७७, ११ भाद्र बिहीबारमा प्रकाशित

Corona-death

काठमाडौं – अमेरिकामा एकै दिन ४३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार बिहीबार ४३ हजार ८२६ जनामा संक्रमण पुष्टि भएको छ ।योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ५९ लाख ९९ हजार ५५४ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ३२ लाख ९६ हजार २९५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख १८ हजार ८०० जनामध्ये १६ हजार ५२६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ८३ हजार ६०७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार २४३ जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ८३ हजार नाघेको हो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,