Connect with us
Kapilvast Forest

प्रहरीको गोली लागि एक जनाको मृत्यु

२०७७, ११ भाद्र बिहीबारमा प्रकाशित

goli

झापा- प्रहरीको गोली लागि झापामा एक जनाको ज्यान गएको छ। झापा गाउँपालिका ३ कटुवामारीका ३८ वर्षीय रसिकुल आलमको ज्यान गएको हो।एक राउण्ड गोली लागी घाइते भएका आलमको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

पशुचौपाया काट्ने व्यक्तिलाई पक्राउ गरेको विषयमा बिवाद हुँदा प्रहरीले गोली चलाउनु परेको झापाका डीएसपी राकेश थापाले बताउनु भयो ।बुधबार दिउँसो त्यहाँ गोरु जस्तो देखिने पशुचौपाय काटेको जानकारी आएपछि प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी निरीक्षक संदिप बोगटी र सशस्त्र प्रहरी बल टाघनडुब्बाबाट सहायक प्रहरी निरीक्षकको कमाण्डमा संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनास्थलमा सो चौपायाको मासु टुक्रा पारेको अबस्थामा फेला पारेपछि संलग्न स्थानीय ५२ वर्षीय अबदुल सलाम र ५० वर्षीय ताजबुल हकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। काटिएको मासु समेत प्रहरीले लगेर इलाका प्रहरी कार्यालयमा लगेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,