Connect with us
Kapilvast Forest

कपिलबस्तुका कोरोना संक्रमितको बुटवलमा मृत्यु, कपिलबस्तुमा मृतकको संख्या ३ पुग्यो

२०७७, ११ भाद्र बिहीबारमा प्रकाशित

butwal corona

बुटवल-

बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा उपचार गराईरहेका कपिलबस्तुको कपिलबस्तु नगरपालिका १ बरदहवा का ५० बर्षिय शिव पुजन कहारको बुधबार राति उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेको अस्पतालले जनाएको छ । कहर पहिला कपिलवस्तुमा अस्पताल मा काम गर्दै आउनु भएको थियो ।

्बुधबार बेलुका ७ बजे एक्कासी स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएकोमा उनको राती १० बजेर ५५ मिनेट जाँदा मृत्यु भएको सुचना अधिकारी गौतमले जानकारी दिए । यीसंगै कपिलबस्तुमा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,