Connect with us
Kapilvast Forest

किस्ट अस्पतालमा उपचाररत् अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको मृत्यु

२०७७, ११ भाद्र बिहीबारमा प्रकाशित

corona

ललितपुर-किस्ट अस्पतालको आइसियूमा उपचाररत ५५ वर्षीय पुरुषको मृत्यु भएको छ।अर्घाखाँची स्थायी घर भएका उनको बुधबार राति ८ बजे मृत्यु भएलको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिष पाठकले जानकारी दिनु भयो ।मृतक पुरुष केही समयदेखि उपत्यकामा बस्दै आएका थिए। उहाँलाई गत ७ गते अस्पताल भर्ना गरिएको थियो।

उहाँलाई भर्ना गर्दा नै निमोनियाको समस्या थियो। त्यसपछि हामीले आइसियूमै राखेर उपचार गर्यौं। ९ गते पिसिआरको नतिजा आउँदा उहाँमा कोरोना पोजेटिभ देखियो, पाठकले ।उहाँले मृतकको शब अस्पतालमै राखिएको र व्यवस्थापनको लागि नेपाली सेनाको टोलीलाई खबर गर्ने काम भइरहेको जनाए।

बिहीबार नै पाटन अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ। साथै वीरगन्जमा पनि एकजना गर्भवती महिला सहित दुई जनाको मृत्यु भएको छ।योसँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ सय ८० पुगेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,