Connect with us
Kapilvast Forest

श्रोत नखुलेको २८ लाख रुपैयाँ बरामद

२०७७, ११ भाद्र बिहीबारमा प्रकाशित

रौतहट-रौतहटको इशनाथ नगरपालिकाको लवतनाबाट प्रहरीले श्रोत नखुलेको २८ लाख ५१ हजार ९६० रुपैयाँ बरामद गरेको छ ।इशनाथ नगरपालिका ९ लवतनामा भारततर्फबाट आउँदै गरेको बीआर३०एन९५८० नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा एक युवकका साथबाट सो रकम बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

नेपाल भारत सिमानाबाट लवतनातर्फ आउँदै गरेका इशनाथ(९ का २० वर्षीय दिलीपकुमार साहको साथबाट श्रोत नखुलेको रकम बरामद भएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका उपरीक्षक सूर्यबहादुर सेन ओलीले बताउनु भयो ।

मोटरसाइकलको विभिन्न भागमा लुकाएर ल्याउँदै गर्दा बरामद भएको उक्त रकमको बारेमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक ओलीले बताउनु भयो ।पछिल्लो समय रौतहटको पश्चिमी नाका हुँदै नेपालतर्फ ल्याइएको श्रोत नखुलेका लाखौं रकम पटक पटक प्रहरीले बरामद गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,