Connect with us
Kapilvast Forest

रोल्पामा पसलेको हत्या

२०७७, ११ भाद्र बिहीबारमा प्रकाशित

hatya

रोल्पा -रोल्पामा गएराति बन्चरोको बिँडले प्रहार गरी १ को हत्या गरिएको छ । जिल्लाको परिवर्तन गाउँपालिका–२ बागमाराको बादी टोलस्थित ४४ वर्षीय रामचरण बादीले गएराति २ बजे छिमेकी ४० वर्षीय मन बहादुर बादीको हत्या गरेका रोल्पाका प्रहरी प्रमुख डीएसपी चित्र बहादुर गुरुङले जानकारी दिनु भयो ।

मन बहादुर बादी किराना पसले भएकोडीएसपी गुरुङले बताउनु भयो। रामचरण बादीले उनको घरमा राति दुई बजे गएर चिनी मागेका थिए तर, मनबहादुर बादीले चिनी छैन भनेपछि एक्कसि बन्चरोको बिँड प्रहार गरी हत्या गरेका प्रहरी अनुसन्धानबाट खुल्न आएको डीएसपी गुरुङले बताउनु भयो ।

रामचरण बादीको मानसिक अवस्था पहिलेदेखि नै ठीक नभएको खुल्न आएको समेत जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।हत्यारा बादीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको डीएसपी गुरुङले जानकारी दिनु भएको ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,