Connect with us
Kapilvast Forest

शुक्रवार देखि प्यूठानमा निषेधाज्ञा

२०७७, ११ भाद्र बिहीबारमा प्रकाशित

pyuthan

प्यार अलि खाँन ,प्यूठान- भाद्र १२ गते शुक्रबार देखि प्यूठानमा १ साताका लागि निषेधाज्ञा जारी हुने भएको छ। विहिवार बसेको जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन समितिको वैठकले १ हप्ता पूर्ण रुपमा प्यूठान बन्द गर्ने निर्णय लिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिनुभयो।

‘समुदाय स्तरमा लक्षण सहितका कोरोना संक्रमित भेटिए।’ भुषालले भन्नुभयो, ‘प्रहरी, स्वास्थ्यकर्मी, वित्तिय संस्थाका कर्मचारीहरुमा पनि संक्रमण भेटिन थाल्यो।’ contact trecing र परिक्षणको दायरा बढाउँदे कोरोना संक्रमण नियन्त्रण गर्न पुरै संयन्त्र परिचालन गर्ने प्रजिअ भुसालले बताउनुभयो।

अत्यावस्यक वाहेक खाधान्न तथा तरकारी फलफुल पसललाई विहान ७ देखि ९ बजे र साँझ ५ देखि ७ बजेसम्म सुरक्षा तथा स्वास्थ्य मापदण्ड पुरा गरि संचालन गर्न दिईने छ। ‘मापदण्ड पुरा गरे वा नगरेको अवस्थालाई निरिक्षण गर्न म आफै फिल्डमा खट्ने छु।’ प्रजिअ भुसालले भन्नुभयो, ‘१५ गते सम्म पूर्व घोषित बन्दाबन्दीलाई भाद्र १८ गते लम्बाईएको छ।’ जिल्लामा ४ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ।

कोरोना फोकल पर्सन जनस्वास्थ्य निरिक्षक पुस्कल श्रेष्ठका अनुसार ६६ जना सकृय कोरोना संक्रमितको आइशोलेसनमा उपचार भैरहेको छ भने १ सय ६ जनाको रिपोर्ट आउँन वाँकी रहेको छ। यसअघि ३ सय ७६ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,