Connect with us
Kapilvast Forest

नयाँ पुस्तालाई नयाँ नेतृत्व नै चाहिन्छ

२०७७, ११ भाद्र बिहीबारमा प्रकाशित

  • महेन्द्र कुँवर-

महाभारतको लडाइँमा जब कौरवहरूको हार र पाँण्डवहरूको जीत हुन्छ र हस्तीनापुर राजसभामा पाण्डवहरूको उपस्थिती हुन्छ, कौरवहरूका पिता तथा हस्तीनापुर राज्यका राजा धृतराष्ट्र आफ्नी पत्नीसहित आफ्ना भतिजहरूलाई राजगद्दी सुम्पेर वनवासतर्फ लाग्न तयार हुन्छन् ।
त्यतिकैमा पाण्डवहरूकी आमा कुन्ती पनि वनवासतर्फ जाने निर्णय गर्छिन् । जसको छोराहरूले एउटा ठूलो युद्व जितेर एउटा देशको राजकाज चलाउन लाग्दै छन्, उसैले आफै बस्दै आएको राजमहल नै छोडेर वनवास जाने निर्णयले परिस्थिती अलि असहज बन्न जान्छ ।

तब स्वयम् कुन्तीले यो असहजतालाई सहजतामा रुपान्तरण गर्दै ‘हामी अतित हौँ, यो नयाँ पुस्ताको युग हो । हामी अतितमा पाप, अहमता, अज्ञानता भरिएको छ । अब हामी यो वर्तमान युग नयाँ  पुस्तालाई हस्तान्तरण गर्दै छौँ । तिमीहरू वर्तमान हौँ, नयाँ युग हौ, नयाँ पुस्तालाई नयाँ नेतृत्व नै चाहिन्छ । त्यसैले नयाँ युगमा म अतितको अवशेष बनेर बस्न चाहान्न ।’ भन्दै वनवास यात्राको
निर्णय लिन्छिन् । महाभारतको यो कथाले एउटा जवरस्ति राजनीतिको शिक्षा दिएको छ । हस्तिनापुर राज्यमा आफ्ना पिताको खुसीका निम्ति आजीवन विवाह नगर्ने भीष्म प्रतिज्ञा गर्ने महान आत्मा भीष्म पितामह जसले हस्तिनापुर राज्यको राजगद्दीमा विराज हुने हरेक राजालाई आफ्ना पिताको छवी देख्ने र हस्तिनापुर राज्य पूर्ण रुपमा सुरक्षित रहेको सुनिश्चित नहुँदासम्म आफूले प्राण त्याग नगर्ने वचन आफ्ना पितालाई दिएका थिए, जो अधर्मको बाटोमा जानै सक्दैनथे ।

त्यस्तै महाज्ञानी,चतुर र बुद्धिमान विदुर पनि थिए । त्यतिमात्र हैन, दानवीर कर्ण जसले कसैले मागेमा कुनै पनि कुरा बाँकी नराखी दान दिन तयार हुन्थे, पनि सोही राजसभामा थिए । गुरु द्रोणाचार्य, कुलगुरुकृपाचार्य लगायत समस्त ज्ञानी, महाज्ञानी, महात्माहरू सबैजसो हस्तिनापुर राजसभा र राज्यप्रति निष्ठावान थिए ।

त्यस्ता महाज्ञानी, न्यायमूर्ति, धर्मात्माहरू भएको राजसभा र त्यो राजसभाले चलाएको राज्यमा कहिँ कतै पनि अन्याय होला भन्ने कसैले सोँच्न पनि सक्ने अवस्था थिएन ।तर, त्यहि राज्यमा पाण्डवहरूको हत्या गर्न लाक्षगृह षडयन्त्र रचना गरियो, छलपूर्ण जुवाखेलमा पाण्डवहरूलाई हराएर वनवास पठाईयो, कुलवधु द्रौपदीको वस्त्रहरण गरियो, भारी राजसभामा‘वेश्या’ भन्दै अपमान गरियो । यी सब काण्डहरूमा हस्तिनापुर राज्य मौन रह्यो ।

त्यो अपराधगर्ने पनि त्यहि राजसभामा थियो र न्याय दिने त्यतिबेलाका नेताहरू पनि त्यहिँ थिए । तर न्याय पूर्णतः मरिसकेको थियो, किनकि त्यहाँ नेताहरू अनेक वाचा वन्धन, स्वार्थ, मोह आदिद्वारा बाँधिएका थिए । वाचावन्धन, स्वार्थ, मोहले बाँधिएको राजसभाले न त न्याय दिन सक्थ्यो, न त रान्यको नेतृत्व लिन । त्यसैले अन्तिममा महाभारतको भीषण युद्ध हुन पुग्यो । लाखौँ मानिस मारिए,अंगभंग र अनाथ भए । कौरव पट्टीका सवका सब महाज्ञानी, धर्मात्माहरू धरासायी भए ।

यो महाभारतको युद्धको नेतृत्व नेता श्रीकृष्णले गरेका थिए । युद्धलाई कौशलतापूर्वक नेतृत्व गरे र अन्याय, अत्याचार, अधर्मको पक्षमा भएका सबै ज्ञानी, महाज्ञानी, धर्मात्माहरूको अवशान भयो ।नेपालको राजनीतिक परिवेशलाई नियाल्ने हो भने यो महाभारतको कथासंग केहि हदसम्म मिल्दोजुल्दो छ । पछिल्ला केहि काण्डहरू जस्तो वाइडवडी काण्ड, निर्मला पन्त काण्ड, ओम्नी काण्ड, यती काण्ड आदि आदि, मा बाहिर व्यापक जनगुनासो, आक्रोश, प्रश्नै प्रश्न छन् । तर राज्य संयन्त्र मौन छ । अदालतले कसैको प्रभाव र दवावमा परेर हत्याजस्तो जघन्य अपराध गरेको मान्छेको अमुसासिबरुपमा सजाय कम गर्दिन्छ । हस्तिनापुर राज्यका काण्डहरूमा स्वयम् राजसभाका सदस्यहरू संलग्न थिए ।

त्यसैले राजसभामै भएकाअपराधमा समेत कोहि बोलेन । सबै मौन बसे । मौनतामा ठूलो रहस्य हुन्छ । नेपालका काण्डहरूमा
राजनीतिक दल वा यिनीहरूद्वारा संचालित संयन्त्रहरूको अकर्मन्यता वा मौनतमा पनि यिनीहरूको संलग्नता छ भन्ने कुरा अनुमान लगाउन गाह्रो छैन । चाहेर पनि यस्ता काण्डहरूलाई तार्किक निष्कर्शमा पु¥याउन सक्दैनन् । दौपदी वस्त्रहरणमा समस्त महाज्ञानी,
न्यायमूर्तिहरू आँखा चिम्लेर, मनमा गाँठो पारेर अवाक भएर वस्न बाध्य थिए ।

किनकी जुन सभामा उनीहरू थिए, त्यहि सभाका सदस्यहरू नै त्यो कर्ममा सामेल थिए । जब राज्यमा घटेका घटनातथा काण्डहरूमा राज्यको नै संलग्न हुन्छ, तब राज्य मौन बस्न वाध्य हुन्छ । यस्तो परिस्थितीमा त्यो राज्य सत्ताका संचालकहरूलाई पूर्ण रुपमा साफ गरेर नयाँ नेतृत्व नभएसम्म त्यस्ता किसिमका घटना तथा काण्डहरू तार्किक निष्कर्शमा पुग्न सक्दैनन् । राजनीतिमा राजनीतिक इतिहास र त्यो ईतिहासमा प्राप्त केहि उपलब्धीहरूका कथाहरूलाई मात्र पुनरावृत्ति गरेर भविष्यलाई अन्धकारमा धकेल्नु ठूलो अभिशाप हो । नेपालमा
राणा फालियो, पञ्चायत फालियो, राजा फालियो, गणतन्त्र घोषण गरियो । यी सबै उपलब्धीहरूमा वर्तमान राज्यको राज्य संयन्त्रकै वरिपरि रहेका नेकपा तथा नेका अनि यिनै पात्रहरू छन् ।

लामो समय राजनीति, राज्य संयन्त्रमा रहेका मानिसहरू कुनै कुनै स्वार्थ समुहमा कहिँ न कहिँ संलग्नभएका हुन्छन् । उनीहरू संलग्न भएको स्वार्थ समुहद्वारा घटित घटना तथा काण्डरूमा उनीहरूकोमौनता स्वभाविक छ ।

त्यो मौनता उनीहरूको त्यो अपराध कर्मप्रतिको समर्थन हो । जब राज्य संयन्त्र वरपरका मानिसहरूको अपराध वा त्यस्ता काण्डहरूमा संलग्नता हुन्छ, तबराज्यका सम्पूर्ण संयन्त्रहरू कमजोर बन्छन् र नागरिकहरू अन्याय, अत्याचार, थिचोमिचो सहन बाध्य हुन्छन् । निरन्तर यस्तो परिस्थितीमा गुज्रिरहनु राज्य असफलतातिर उन्मुख हुनु हो ।विगतका उपलब्धीहरूलाई आत्मसाथ गर्दै, वर्तमानका चुनौतीहरूको सामना गर्दै सुनिश्चित भविष्यको मार्ग रेखा कोर्न सक्नु एउटा असल राजनीतिज्ञको विशेषता हो ।

केबल विगतका केहि उपलब्धीहरूको मात्र गुणगान गाएर राज्य संयन्त्रमा टाँसिइरहुन चाहिँ भविष्यप्रतिको वेइमानी हो ।तर यसरी राज्यसंयन्त्रमा टाँसिईरहनुको पछाडि पनि खास एउटा कारण हुन्छ । त्यो के हो भनेजुन स्वार्थ समुहमा यिनीहरू आवद्ध भएका हुन्छन्, उनीहरूले नै त्यहाँबाट उम्किन दिदैनन् ।

यीराजनीतिक पात्रहरूलाई राज्यसंयन्त्रमा टाँसेर आफ्नो स्वार्थ पूरा गर्नु ति तत्वहरूको उद्देश्य हो ।त्यसैले ती राजनीतिक पात्रहरूलाई राज्यसंयन्त्रमा टाँस्नका लागि जस्तो सुकै मूल्य चुकाउन पनि तयार हुन्छन् । त्यसैले त एउटा सांसद जिताउन करोडौँ खर्च गर्न पनि ती तत्वहरू पछि पर्दैनन् ।यसरी विभिन्न स्वार्थ समुहहरूसंगको गहिरो साँठगाँठ र उठबस भएका पात्रहरू न धृतराष्ट्र लगायचत जस्तो गरी राज्यसंयन्त्र त्यागेर बाहिरिन सक्छन्, न त राज्यमा विधिको शासन चलाउन सक्छन् । राजनीतिक पात्र र त्यस्ता स्वार्थ समुहबिचको साँठगाँठलाई तोड्न पनि सकिने अवस्था छैन ।

महाभारतका धृतराष्ट्रले पनि विभिन्न स्वार्थ समुहको समुल नष्ट गरेपछि मात्रराज्यसंयन्त्रमा नबस्ने निर्णय गरेका थिए । हामीसंग त्यो विकल्प पनि छैन । हामीले युद्ध गरेर ती स्वार्थ समुह नष्ट गर्न सक्दैनौँ । त्यसैले यस्तो परिस्थितीमा हामीसंग एउटै विकल्प रहन्छ, त्यो
भनेको ती स्वार्थ समुहसंगसंगै ती राजनीतिक पात्रहरूलाई राज्यसंयन्त्रहरूबाट विदा गर्ने । त्यसका लागि एउटा नेतृत्वको खाँचो छ ।

जुन नेतृत्वले तमाम युवा जगतको नेतृत्व गर्न सकोस् । नेपालमाविज्ञान र प्रविधिको भरपुर उपयोग गरेका नयाँ युवाजगतलाई नेतृत्व गर्ने नेता पञ्चायतकालिन छन्, जसमा राणा र राजा फालेको अनुभव अनि गणतन्त्र घोषणको गरेको उन्मादभन्दा अरु केहि छैन ।अबको नेतृत्वमा विगतका उपलब्धीलाई संस्थागत गर्दै वर्तमानका चुनौतीको सामना र भविष्यका नेतृत्व त्यस्ता स्वार्थ समुहदेखि टाढै बस्न सक्ने क्षमताको बनाउन सक्ने हुनुपर्छ । विज्ञान र प्रविधिकोअधिकतम प्रयोग गरी पूर्ण सहभागीमूलक लोकतन्त्रलाई प्रवर्धन गर्ने अनि राज्यप्रति उठेका हरेक प्रश्नको तार्किक र सन्तुलित जवाफ दिन सक्ने हुनुपर्छ । राजनीतिलाई पेशाका रुपमा नलिई एउटा आवधिक सेवाका रुपमा लिने हुनुपर्छ ।

यसलाई पेशाका रुपमा लिएर जीवन गुजारा चलाउनेराजनीतिज्ञ राजनीतिकर्मी मात्र हुन सक्छ एउटा असल नेता हुन सक्दैन । देश र समाजकोआवधिक सेवामा आउने नेतृत्व कम्तीमा सेवा अवधिभर काम, क्रोध, लोभ, अहंकार र मोहदेखिटाडा हुन सक्नुपर्छ । आफ्नो व्यक्तिगत र सार्वजनिक जीवनको भेदलाई छुट्याएर सार्वजनिकजीवनमा व्यक्तिगत मामला गाँस्ने काम कहिल्यै नगर्ने हुनुपर्छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,