Connect with us
Kapilvast Forest

कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित ?

२०७७, ११ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघेको छ। गत २४ घण्टामा १ हजार १ सय ११ जना भेटिएसँगै संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको हो। ४७ जिल्लाका ३ सय ३४ महिला र ७ सय ७७ पुरुष सहित १ हजार १ सय ११ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रदेश १ को खोटाङमा १, मोरङमा २०, संखुवासभामा ४ र सुनसरीमा ३८ जना संक्रमित भेटिएका छन्। प्रदेश २ को धुनषाका ३९, पर्साका ८५, बाराका ३०, महोत्तरीका ७, रौतहटका १५, सप्तरीका २२, सर्लाहीका ६ र सिराहाका ७ जनामा कोरोना पुष्टि भएको छ।

बागमती प्रदेशको काठमाडौंका २ सय ७०, काभ्रेको १३, चितवनको ४५, दोलखाका २, धादिङका १, नुवाकोटका ७, भक्तपुरका ४१, मकवानपुरका ६३, रामेछापका ६, ललितपुुरका ६६, सिन्धुपाल्चोकका ३ र सिन्धुलीका ५ जनामा कोरोना पाइएको छ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा २, गोरखामा १, तनहुँमा ११, नवलपरासी पूर्वमा १७, पर्वतमा १, लमजुङमा ३ र बागलुङमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कोरोना पुष्टि हुनेमा प्रदेश ५ को कपिलवस्तुका २१, गुल्मीका ३, दाङका २, नवलपरासीका १८, प्युठानका ४, बर्दियाका १, बाँकेका ७५ र रुपन्देहीका ७२ जना छन्।
कर्णाली प्रदेशको जाजरकोटमा ५, दैलेखमा १२ र सुर्खेतमा ९ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताउनु भयो । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ६, कैलालीमा २०, डोटीमा ६, बझाङमा १ र बैतडीमा १७ जनामा कोरोना पाइएको छ।

कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ६ लाख ४७ हजार ८ सय ८१ पुगेको छ। कुल संक्रमितमध्ये १५ हजार २ सय ७३ जना सक्रिय संक्रमित छन्। क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या ९ हजार ४ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,