Connect with us
Kapilvast Forest

भारतमा बन्धक रहेकि एक महिलाको पाँच वर्ष पछि उद्धार

२०७७, ११ भाद्र बिहीबारमा प्रकाशित

कपिलवस्तु-भारतबाट एक महिलाको पाँच वर्ष पछि उद्धार भएको छ । कपिलवस्तु जिल्लाको बुद्धभुमी निवासी २५ वर्षीय महिलालाई भारतको पंजावबाट शान्ति पुनःस्थापना गृहको समन्वयनमा कृष्णनगर प्रहरीको सहयोगमा भदौ १ गते नेपाल ल्याइएको छ । २०७२ सालमा एक महिलले राम्रो जागिर लगाइदिने प्रलोभन देखाई भारत लगेको बुझिएको छ ।

सानै उमेरमा विवाह र श्रीमानको दुव्र्यवहार सहन नसकि भारत जाने निर्णय गरेकी महिलाको उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भुमीराज भट्टराईले बताउनुभयो । भारतमा रहेको देशभक्त आवाज नामक एक सस्थाको सहयोगमा उद्धार गर्न सफल भएको भट्टराईले बताउनुभयो ।उद्धार गरिएकी महिलालाई अहिले सुरक्षित आवास गृहमा राखिएको र परिवारको जिम्मा लगाउने तयारी भइरहेको भट्टराईले बताउनुभयो ।

कपिलवस्तुको गोरुसिङ्गे सम्म भारतिय नम्बर भएको गाडि लिएर दुई पुरुष लिन आएको र भैरहवा सुनवलको क्षेत्रवाट बनारसमा लगेका पिडित महिलाले बताउनु भएको छ।

भारतको बनारसमा २ महिना सम्म बन्धक बनाइ डान्स बारमा नाच्न लगाउने ननाचे खान नदिने तथा पिट्ने गरेको उहाँले बताउनु भयो । पिडित महिलाले २ जना महिला र ३ जना पुरुष विरुद्ध ईलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दर्ता गराउनु भएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले बताउनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,