Connect with us
Kapilvast Forest

विजयनगर आइसोलेशनमा कोरोना संक्रमीतलाई गुणस्तरहिन खाना

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

vijaynagar_newscenternepal
  • न्युज सेन्टर नेपाल, कपिलवस्तु-

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस आर्थात कोभिड १९ को रोकथामका लागि राज्यस्तरबाट अर्बै खर्च भैसकेको छ । राज्यकोषबाट अर्बौ खर्च भैसक्दा समेत कोरोना रोकथाम हुन सकेको छैन । केन्द्र प्रदेश र स्थानिय सरकारले समेत रोकथामका लागि रकम खर्च गर्ने क्रम रोकीएको छैन । कही क्वारेन्टाइन निर्माण लपर्वाही त कही राहत वितरणमा गुणस्तरहीन खद्यन्न वितरण भएको पाइएको छ ।

कपिलवस्तुको विजयनगर गाँउपालिकाले निर्माण गरेको आइसोलेशन सेन्टरमा १० जना सक्रमीत रहेका छन । आइसोलेनमा रहेका उनीहरुलाई स्वास्थ्यकर खाना खुवाउनु पर्ने स्थानिय सरकारको दायित्व हो । तर विजयनगर गाँउपालिकामा रहेका संक्रीमतहरुको स्वास्थ्यमा खुलेआम खेलवाड भैरहेको कोरोना संक्रमितहरुले गुनासो गरेका छन ।

विजयनगर गाँउपालिका ७ पर्शोहीयामा रहेको आइसोलेशनमा कोरोना पुष्टी भएका १० जनालाई मापदण्ड विपरितका खाना दिने गरेको कोरोना संक्रमित राम निवास पुरीले बताउनु भयो । संक्रमीत पुरीका अनुसार आइशोलेशनमा काचो भात, चिउरा दलमोट, काचो तरकारी, पानीमा उमालेको चाउचाउ दिने गरेको आरोप लगाउनु भयो ।

पछिल्लो पटक कोरोना पुष्टी भएका १० जनाको स्वास्थ्य माथी गाँउपालिकाले अस्वस्थ्यकर खाना खुवाएर खेलवाड गरेको अर्का कोरोना संक्रमीत पुर्ण चन्द्र न्यौपानेले गुनासो गर्नु भयो । विजयनगर गाँउपालिकाले खानाको नियमित तालिका नबनाएको, दृघ रोगीहरुले नियमित प्रयोग गर्ने औषधी उपचारको समेत कुनै व्यवस्थापन नगरेको न्यौपानेले बताउनुभयो ।

यता विजयनगर गाँउपालिकाको आइशोलेशन व्यवस्थापनको जिम्मपाएका गाँउपालिका कर्मचारी बाल बहादुर थापाले आइशोलेशन सेन्टरमा गुणस्तरहिन खाना नखुवाइएको बताउनु भयो । उहाले भन्नु भयो सुरुको दिन चाउचाउ र चिउराको नास्ता खुवाइए पनि अहिले संक्रमितले माग गरे बमोजिम खाना, खाजा खुवाइएको छ । आइशोलेशन सेन्टरमा रहेका सबैको माग अनुसार माछा मासु, दुध अण्डा खुवाइएको थापाले बताउनु भयो ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,