Connect with us
Kapilvast Forest

भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

corona

 

काठमाडौं-पछिल्लो २४ घन्टामा भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । बिहीबार एकैदिनमा करिब ७६ हजार ८ सय २६ जना संक्रमित भएका छन् ।यो एकै दिनमा थपिएको संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि बुधबार ७५ हजार ७५ हजार ९ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो ।

पहिलो चरणको लकडाउन खोलेसँगै भारतमा संक्रमण र मृत्युदर उच्च भएको हो । पछिल्लो समय हरेक दिन ७० हजारभन्दा धेरै संक्रमित थपिने गरेका छन् भने १ हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ३२ लाख ४९ हजार ७ सयभन्दा धेरै संक्रमित भएका छन् ।

भारतमा संक्रमण मृत्युदर सबैभन्दा बढि महाराष्ट्र राज्यमा रहेको छ । जहाँ अहिलेसम्म कोरोनाबाट ७ लाख ३३ हजार ५ सय ६८ जना संक्रमित भएका छन् भने २३ हजार ४ सय ४४ को मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट १ हजार ६५ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा ६० हजार ४ सय ७२ जनाको मृत्यु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,