Connect with us
Kapilvast Forest

जनताको चर्को दवाव पछि वडा अध्यक्ष सडक निर्माणमा

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

अर्घाखाँची-शितगंगाकै प्रमुख सडक पतञ्जली राजमार्गको मुहानमै निकै नराम्रो सँग सडक बिग्रिएको २ महिना भयो बर्खामा धानरोप्न ठिक्क पारेको खेत भन्दा कमि थिएन पतञ्जली राजमार्ग कै मुहानमा मुख्य राजमार्गमा आउने जानेले समेत त्यो देख्दा निकै आलोचना गर्ने गरेका थिए ।

वर्षायाम सुरु भए सगैँ पहिरो खसेरबाटो हिलाम्मै भएपछि सितगगां नगरकै मुख्य बजार नजिकै लामोसमयदेखि अस्तब्यस्थ रहेको बाटो निर्माणमा कसैले चासो नदेखाएको भन्दै स्थानीयले विरोध जनाए पछि बाटो निर्माण सुरु भएको छ ।सडकको मर्मत नहुँदा स्थानियलाइ आवतजावतमा समस्या हुदै आए पछि स्थानियहरुले चर्को विरोध गनृ थाले पछि बाटो पुननिर्माण हुन थालेको हो ।सामान्य पानी पर्दा समेत हिलाम्मै भए पछि नगरपालिका का जनप्रतिनिधीहरु लाइ बाटो मर्मतको लागी आग्रह गरेका थिए ।

नगरपालिकाकै सबै जनप्रतिनिधीहरु त्यहीबाटो हिडे पनि जिर्ण सडक प्रति कसैको आखाँ भने गएन । अमराइ बाट भालुवाङ्ग सम्म जाने सडक शितगंगा नगरपालिकाकै मुख्य सडक हो तर नगरपालिकाले बर्षनी करोडौ खर्च गरे पनि यो सडकको अबस्था हरेक बर्ष यस्तै छ ।

४ वटा वडा प्रबेस गर्ने मुख्य सडक नै हिड्नै नसक्नेगरि खराव भए पछि स्थानियहरुले तिव्र बिरोध गरे पछि वडा नम्बर ५ र ६ का वडा अध्यक्षहरुले सडकमै बसेर सडक मर्मत कार्यलाइ तिव्रता दिनु भएको छ ।

२ दिन सम्म नगरपालिकामै बसेर सडक नबनाए सम्म जनताले जान दिने अबस्था नभएको भन्दै नगरपालिकामै धर्ना दिए जस्तै गरि बसेर सडक मर्मतको काम सुरु भएको वडा नम्बर ६का वडा अध्यक्ष ऋषि रेस्मिले बताउनु भयो । सडकमा अन्य स्थानमा पनि सडक मर्मतको काम सम्पन्न भएको वडा अध्यक्ष रेस्मिले बताउनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,