Connect with us
Kapilvast Forest

नेपालमा अब निजी प्रयोजनका लागि जहाज खरीद गर्न सकिने

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

फाइल तस्बिर

काठमाडौं -नेपालमा अब निजी प्रयोजनका लागि जहाज खरीद गर्न सकिने भएको छ । सरकारले निजी जहाज आयात गरी सञ्चालनमा ल्याउन सकिने गरी नीति बनाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को अन्तिम मस्यौदामा यस्तो प्रावधान समेटिएको छ । सरोकारवालाको राय लिएर पास गर्ने प्रक्रियामा रहेको मस्यौदाअनुसार अब निजी तथा तालिम प्रयोजनका लागि एक इन्जिन भएको वायुयानको आयात र सञ्चालन गर्न पाइने छ । यसका लागि वायुयान उत्पादन गर्ने संस्थाले तोकेको इन्जिन परफरमेन्स, नियामक निकायले जारी गरेका शर्त पूरा गर्नुपर्छ ।

त्यस्तो विमान व्यापारिक उडानमा भने लगाउन पाइने छैन । तर, यस्ता जहाजका लागि समेत हवाई उडान सुरक्षाका प्रावधान भने व्यवसायिक उडानसरह लागु हुने भएको छ ।

अब नेपालमा कुनै पनि कम्पनीले १२ वर्षभन्दा पुराना जहाज आयात गर्न पाउने छैनन् । १२ वर्ष पुरानो वा इकोनोमिक डिजाइन लाइफको ५० प्रतिशत पूरा भएको वा ३५ हजार प्रेसराइजेशन साइकल पूरा गरेकोमध्ये जुनसुकै अवस्थाको जहाज पनि नेपालमा खरीद गरी ल्याउन पाइने छैन । यसअघि १५ वर्षसम्म पुराना जहाज आयात गर्न सकिने प्रावधान रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,