Connect with us
Kapilvast Forest

श्रम स्वीकृति नलिएकालाई पनि उद्धार गर्नुपर्छ:राजदूत

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं-विभिन्न देशका राजदूतले श्रम स्वीकृति नलिई विदेश गएका र कोरोना महामारीमा अप्ठेरोमा परेका नेपालीलाई पनि स्वदेश फर्काउन सरकारलाई आग्रह गरेका छन् ।

श्रम स्वीकृति नलिई अवैध रुपमा घरेलु कामदारका रुपमा विदेशमा काम गरिरहेका महिला साह्रै समस्यामा रहेको भन्दै राजदूतहरुले उनीहरुको उद्धार गर्नुपर्ने बताए ।

विहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले गरेको भर्चुअल बैठकमा बोल्दै राजदूतहरुले अवैध रुपमा विदेश गएका नेपालीहरुलाई पनि नेपाल फर्काउन आग्रह गरे ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले वैदेशिक रोजगार बोर्ड अन्तर्गतको कल्याणकारी कोष उपयोग गर्न बनेको उद्धारसम्बन्धी निर्देशिकामा श्रम स्वीकृति भएकाहरुलाई मात्रै समेटिएकोमा रोष प्रकट गरे ।

‘श्रम श्रीकृति लिएकाहरुलाई उद्धार गराउन हामी आफैं सम्बन्धित कम्पनीलाई समात्छौं । त्यस्तो समस्या भोग्ने र ‘जो श्रम स्वीकृति नलिई यहाँ आएर समस्यामा परेका छन्, तिनलाई प्राथमिकता दिउँ राजदूत पाण्डेले भन्नु भयो।’

श्रम स्वीकृति नलिई दलालको फन्दामा परेर भिजिट भिसा र भारतको बाटो हुँदै पुगेका कयौं कामदार पनि अहिले विदेशमा अलपत्र छन् । तर, सरकारले ल्याएको अलपत्र कामदार उद्धार गर्ने निर्देशिकामा त्यस्ता अवैध कामदारलाई फिर्ता नल्याउने उल्लेख छ ।

सरकारले अवैध रुपमा रहेका नेपालीलाई उद्धार नगर्ने नीति लिएकोमा असन्तुटि पोख्दै उनले थपे, ‘मृत्यु भएको खण्डमा लास लैजान चार गुणा बढी तिर्छु भन्ने सरकारले ज्युँदो श्रमिक देशमा फिर्ता लाँदिन भन्न मिल्दैन ।’राजदूतहरुले उद्धार गनुपर्ने नेपालीहरुको संख्या र उडानमा तालमेल नमिलेको गुनासो गर्नु भएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,