Connect with us
Kapilvast Forest

पहिरो पीडितलाई सौर्य ऊर्जा वितरण

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

सिन्धुपाल्चोक-वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका(२ स्थित लिदी पहिराबाट विस्थापित बासिन्दाहरुको अस्थायी शिविरमा सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएको छ ।

लिदीमा पहिराबाट विस्थापित स्थानीय बासिन्दाको अस्थायी शिविरमा विद्युत् आपूर्तिको लागि २० वाट पिक क्षमताको १०० थान सौर्य घरेलु प्रणाली वितरण गरिएको हो ।

जुगल गाउँपालिका–¬१ को बाँसखर्कमा हाल निर्माण गरिएको अस्थायी शिविरस्थलमा आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटामार्फत गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो । वितरीत सौर्य प्रणालीबाट प्रतिप्रणाली चार वटा बत्ती बाल्न मिल्नुको साथै मोबाइल चार्ज गर्ने सुविधा समेत रहेको छ ।कार्यक्रममा विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्रीहरु वितरण गरिएको थियो ।

गत साउन ३० गते आएको भीषण पहिरामा परी लिदीको २७ घर पूर्णरुपमा क्षति भएको थियो भने ३९ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये हालसम्म ३३ जनाको शव भेटिएको छ भने छ जना अझै हराइरहेका छन् । पहिरोबाट १७२ घर जोखिममा परेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,