Connect with us
Kapilvast Forest

तिमी बिस्तारै उक्लिदै छौ , रफ्तारको चिन्ता नगर्नु

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

chinta pariyar_Newscenternepal
  • चिन्ता परियार-

कविता:-

तिमी बिस्तारै उक्लिदै छौ , रफ्तारको चिन्ता नगर्नु
प्रश्न , प्रशम्सा , आवेग , आलोचना सब हुने छ्न
चिन्ता नगर्नु

उठाउनेहरु गिराउन लाग्नेछन ,
सम्हालेका पोखिने छ्न
भरिएका रित्तै हुनेछ्न , तिमी चिन्ता नगर्नु
जब जब उक्लिएर अलि माथी पुग्ने छौ
तिमिमा पनि अलिक घमण्ड , र संघर्स बढने छ
घमण्ड तिम्रो दुश्मन, पाउमा छिपाउनु
संघर्स जिवन हो बुझेर निरन्तर उक्लिनु
चिन्ता नगर्नु

जब माथी उपल्लो थलो पुग्नेछौ
सबै हात हातमा फुल लिएर
ओठमा मन्द मुस्कान भर्दै
पर्खी रहेका हुनेछ्न
सबै भन्दा परका त्यो बेला तिम्रो वरपर हुनेछ्न ,
ताली बजाउने छ्न , सिट्ठी फुक्ने छ्न
तिम्रा वास्तविक आफ्ना ,
तिम्रो जितमा,
आफुले जितेको महसुस गर्ने छ्न
परै बाट फुल र अवीर बर्साउने छ्न
ती फुल र अबिरको छिट्काले ,
तिमिलाइ नछोए पनि
उनिहरु खुसी हुने छ्न , चिन्ता नगर्नु

लेखक परियार कपिलवस्तुमा करिब १ दशक देखी सक्रिय पत्रकारिता गर्दै आउनु भएको छ । परियार राष्ट्यि दलित पत्रकार सघं नेपाल प्रदेश ५ का अध्यक्ष हुन ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,