Connect with us
Kapilvast Forest

आफ्नै नेताले धोका दिए : वरिष्ठ नेता नेपाल

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

madhav

काठमाडौं -सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित आफ्नै समूहका नेताहरुसँग असन्तुष्ट बन्नु भएको छ ।

एक व्यक्ति एक पदको अवधारणाअनुसार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने अडानबाट अर्का अध्यक्ष प्रचण्ड पछि हटेको भन्दै असन्तुष्ट बन्नु भएको हो ।

ओलीसँगको मिलोमतोमा अध्यक्ष प्रचण्ड र विवाद समाधनका लागि सुझाव लिन गठन गरिएको कार्यदलमा सहभागी आफ्नै समूहका नेताहरुले पनि धोका दिएको नेता नेपालको बुझाइ छ ।

अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीले छाड्नु पर्ने मुख्य मागबाटै पछि हटेर प्रचण्ड र आफ्नै नेताले धोका दिएको भन्दै नेता नेपालले चित्त दुखाउनु भएको छ ।

ओलीसँग मिलेर प्रचण्ड आफ्नो मागबाट पछि हटेको भए पनि कार्यदलको प्रतिवेदनमा पनि ओली र प्रचण्डको इच्छाअनुसारकै सुझाव उल्लेख गरिएपछि नेता नेपालले चित्त दुखाउनु भएको हो ।

नेता नेपालले प्रस्ताव गरेको सरकार सञ्चालनका लागि संयन्त्र निर्माणको विषयलाई कार्यदलको प्रतिवेदनमा नसमेटिए पछि आफ्नो प्रस्तावलाई छलफलको विषयसमेत नबनाई अध्यक्षद्वय ओली र प्रचण्डको अधिकार बढाउने गरी प्रतिवेदन बुझाइएपछि कार्यदलमा सहभागी आफ्नै समूहका नेताहरुले पनि धोका दिएको नेता नेपालको बुझाइ छ ।

पौडेल र पोखरेल ओली समूहका नेता हुने भने शर्मा र भुसाल प्रचण्ड गुटका हुन् । यस्तै रावल र पाण्डे नेपाल समूहका हुन् । तर, सो कार्यदलले एक व्यक्ति एक पदको अवधारणालाई नै लत्याएर प्रतिवेदन बुझाएपछि नेता नेपालले आफ्नै समूहका नेताहरुलेसमेत धोका दिएको गुनासो गर्न थालेका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,