Connect with us
Kapilvast Forest

शिवराज आइसोलेशनः नगरपालिका भन्दा उपभोक्ता समितिको बढी चर्चा

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

  • न्युज सेन्टर नेपाल

कपिलवस्तु- शिवराज नगरपालिकाले गौरवको रुपमा लिएको नमुना योजना मै प्राविधिक कमजोरी भएको छ । कोरोना संक्रमण बढदै गएपछी शिवराज नगरपालिका चन्द्रौटा बजार नजिकै नल्कुपको जग्गामा आइसोलेशन बनाउनका लागि उपभोक्त समिति गठन गरेको थियो । उपभोक्ता समितिका अध्यक्ष महादेव पोखरेल सहितको टिमले १५ दिनमा अस्पताल बनाउने प्रचार गरे । १५ दिनमा पनि आइसोलेशन निर्माण नभएपछी एक महिनामा निर्माण सक्ने भन्ने समाचार समेत आयो । अन्नतः उक्त आइसोलेशन बल्ल तल्ल साउन मसन्तमा निर्माण भयो ।

आइसोलेशन भवन निर्माण भयो भनेपछी खुशी भएका शिवराजवासी सघुरो गल्ली देखेपछि दुखि भएका छन । विरामी उपचार गर्ने अस्पतालको मापदण्ड विना नै भवन निर्माण हुदाँ भवन उपयोगिहिन बन्ला की भन्ने आशंका नगरबासीमा छाएको छ । कोरोना संक्रमित विरामीलाई उपचार गर्ने आइशोलेशन अस्पतालमा निर्माणको जिम्मा पाएको उपभोक्ता समिति र नगरपालिकाका प्राविधिकले अस्पताल निर्माण ध्यान नदिदाँ वा ज्ञान नहुदाँ भवनको गल्लीहरु स्टेचर समेत नअट्ने साघुरा बनेका छन । अस्पताल तथा आइशोलेशनमा विरामी राखेर गुडाउन मिल्ने स्टेचर छिर्न मिल्ने गल्ली बन्नु पर्ने हो तर सिंगल मान्छे पनि एकतर्फि मात्रै हिडन मिल्ने गल्ली सहितको भवन निर्माण भए पछि आम नागरिकले निर्माण समिति र प्राविधिक माथी नै प्रश्न उब्ज्याएका छन ।

हतार हतामार निर्माण गर्ने र श्रेय लिने नाममा उपभोक्ता समितिले अस्पतालको बनावट बारेमा ध्यान नपुराउदाँ आशोलेशन अस्पतालमा विरामी आवतजावतमा पनि समस्या हुने आशोलेशन भवनको अनुगमन गरेर फर्कर्ने स्थानियहरुले बताएका छन । नगरपालिकाको लगानी रहेको आशुलेशन अस्पतालमा नगरपालिका गौण भएको र उपभोत्ता समिति अलि बढि श्रेय लिने दाउमा रहेको भन्दै एक स्थानियले उपभोक्ता समितिले अहिले सम्म कति धेरै भवन र बाटोहरु निर्माण गरेका छन तर उनीहरुको चर्चा भएको पाइदैन यहाँ संचालनमा नै नआएको आइशोलेशनको प्रचार अलि बढि भएकोे बताए ।

यता आइशोलेशन भवन निर्माण सम्पन्न भइसकेकोले अब फेला पर्ने कोरोना संक्रमितहरुलाई राख्ने राख्ने गरी तयारी गरिएको शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । लकडाउनले गर्दा आइसोलेशनको समाग्री ल्याउनमा ढिलाई भएकोले अस्पताल सञ्चालन गर्न केही समय ढिलो भएको नगर प्रमुख अधिकारीले बताउनु भयो । भवन निर्माण समितिले बनाएको हो की नगरपालिकाले भन्ने प्रश्नमा नगर प्रमुख अधिकारीले नगरपालिकाको लगानीमा बनेको आइशोलेशनमा व्यक्तीबादी प्रचार गर्नु तथा श्रेय लिनु गलत भएको बताउनुभयो ।

अनुगमन समितिका संयोजक रवीदत्त मिश्रले उपभोक्त समितिलाई भवन निर्माणको समयमा गल्ली सघुरो भएको जानकारी गराएको बताउनु भयो । मिश्राले भन्नु भयो मैले उपभोक्त समितिलाई जानकारी दिए तर समितिले प्राविधिक स्टीमेट अनुसार काम गर्छै भन्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,