Connect with us
Kapilvast Forest

रक्षामन्त्री र गृहमन्त्री आइसोलेसनमा ,नेकपा सचिवालय बैठक भदौ १८ सम्मलाई स्थगित

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

nekapa

काठमाडौं- शनिबारलाई बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९)को संक्रमण बढ्दै गएपछि सचिवालय बैठक स्थगित भएको हो।

अध्यक्ष पुष्कमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार भदौ १८ गते बस्ने गरी शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको हो।

सचिवालय सदस्यसमेत रहेका केही नेताका सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि नेताहरु आइसोलेसनमा बस्नु भएको छ।पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारीसहित बैठक बोलाइएको थियो।

कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को कार्यालयका एक कर्मचारीमा संक्रमण देखिएपछि दुई सचिवालय सदस्य आइसोलेसनमा रहनु भएको छ ।उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा रहनु भएको छ ।कोभिड(१९ संकट व्यवस्थापन केन्द्र )सिसिएमसी)को कार्यालय रहेको छाउनीमा भित्र बाहिर गर्ने एक कर्मचारीलाई संक्रमण भएकाले दुबै मन्त्री आइसोलेसनमा रहनु भएको छ ।

उहाँहरू दुबै जना छाउनी गइरहनुहुन्छ। भित्र(बाहिर गर्ने एक कर्मचारीलाई कोरोना भाइरस भएको पुष्टि भयो,ु स्रोतले सेतोपाटीसँग भन्यो,आजै थाहा भएकाले होम आइसोलेसनमा बस्नुभएको छ। अब पिसिआर परिक्षण पनि हुन्छ होला।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा बसेसँगै नेकपा सचिवालय बैठक पनि सरेको छ।

भदौ १३ गतेका लागि तय भएको बैठक पोखरेल र थापाकै कारण १८ गते बस्ने भएको छ।

सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’आइसोलेसनमा बस्नुपर्ने भएपछि बैठक स्थगित भएको एक सचिवालय सदस्यले जानकारी दिनु भयो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,