Connect with us
Kapilvast Forest

जापानी प्रधानमन्त्री आबेद्वारा माफी माग्दै राजीनामा

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

janas pardhan mantri

 

एजेन्सी– जापानी प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । उनले आफ्नो अस्वस्थताका कारण राजीनामा दिएको बताएका छन् ।आफ्नो अस्वस्थताका कारणले सरकारको निर्णय प्रक्रियामा कुनै असर नपरोस् भनेर आफूले राजीनामा गरेको उहाँले बताउनु भयो । उहाँले आफ्नो कार्यकाल पूरा गर्न नसकेकोमा जनतासमक्ष माफी पनि माग्नु भएको छ ।

 

आबे जपानमा सबैभन्दा लामो समय प्रधानमन्त्री हुने नेता हुन् । ६५ वर्षे आबे सन् २०१२ देखि निरन्तर प्रधानमन्त्री पदमा थिए । उहाँको कार्यकाल करिब एक वर्ष बाँकी थियो । आबेले सन् २००७ मा पनि अस्वस्थताकै कारण प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएको छ ।

बीबीसीका अनुसार आबे युवाअवस्थादेखि नै अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित हुनुहुन्छ । आबेले गत मध्य जुलाईदेखि आफ्नो स्वास्थ्य समस्या बढ्दै गएको बताउनु भएको छ उहाँले आफू निरन्तर उपचारमा लाग्नुपर्ने भएको सरकारमा रहेर काम गर्न असमर्थ हुने पनि बताउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,