Connect with us
Kapilvast Forest

लुम्बिनीको बिहारहरुलाई मापदण्ड : अध्ययन प्रतिबेदनको निष्कर्श

२०७७, १२ भाद्र शुक्रबारमा प्रकाशित

Yogesh_NewsCenterNepal
फाइल तस्बिर
  • कपिलवस्तु-

लुम्बिनी क्षेत्र भित्र निर्माण भएका र निर्माणाधीन अवस्थमा रहेका बिहारहरुलाई ब्यवस्थित र निश्चित मापदण्ड अनुसार संचालन गर्नु पर्ने लुम्बिनी गुरुयोजना क्षेत्रका प्लटहरुको अध्ययन प्रतिबेदनले निष्कर्श निकालेको छ । लुम्बिनीको गुरुयोजना अनुसार त्यहा बनाइएका गुम्बा, चैत्य, बिहार ध्यान केन्द्रहरुलाई कोषको त्रिहार क्षेत्र बिनियमावली २०५८ अनुसार थप मापदण्ड बनाउनु पर्ने सुझाव दिइएको हो ।

एक महिना अघि नागरिक उडयन तथा पर्यटनमन्त्री योगेश भट्टराईलाईे बृहत लुम्बिनी गुरुयोजना क्षेत्र अन्तर्गत निर्माण गरिएका र निर्माणाधिन बाँकी प्लटहरु (विहारहरु) को वस्तुस्थितिको अध्ययन सम्बन्धि प्रतिवदेन बुझाइएको थियो । कोषका कार्यकारीय सदस्य राजेश ज्ञवालीको संयोजकत्वमा गठीत समितिले एक महिना बढी स्थलगत अध्ययन गरेर प्रतिबेन तयार गरेको हो । पकिल्पना अनुसार संरचना बन्न नसकेको, प्लट लिएकाहरुले समेत यसलाई मागी खाने भाडोको रुपमा प्रयोग गरेका छन ।
कोषको बिनियमावलीमा सामान्यतया एक देशलाई एउटा मात्र प्लट दिने प्रावधान रहे पनि पहुचको भरमा दुई देखि तीन वटा सम्म दिइएको छ । लुम्बिनी क्षेत्र भित्र निर्माणकालागि अनुमति दिइएका मध्ये ६ वटा संस्थाले निर्माण काम नै सूरु नगरको अध्ययनमा देखाइएको छ । यस्तै नौ वटा संस्थाको निर्माण कार्य जारी रहेको छ ।
लुम्बिनीमा कुल ४२ वटा संस्थालाई निर्मााण गर्नै अनुमिति दिइएको छ । जमध्य २ वटा संस्था संग मात्र संर्झाैता भएको र्छैन । यस्तै प्लटको रोयल्टी वापतको उठन नसकेको २१ हजार ६७३ अमेरिकी डलर समेत तत्कालै उठाउनु पर्ने उल्लेख गरिएको छ । प्रतिवेदनमा कुल १८ वटा सुझावहरु दिइएका छन । हालको लुम्बिनी विकास कोष विहारक्षेत्र विनियमावली, २०५८ मा थप स्पष्टता सहित निश्चित मापदण्ड निर्धारण गरी नियमित अनुगमनको थप निर्देशिका र कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउनु पर्ने, विहारक्षेत्र भित्र विनियमावलीमा उल्लेख भए बमोजिम धार्मिक गतिविधिमा संलग्न हुने सझाव दिइएको छ ।

यसतै पाहुनाहरुलाई आतिथ्यता प्रदान गर्न सकिने तर व्यावसायिक दृष्टिले होटल लगायतका संरचना निर्माण र संचालन गर्न नपाइने, लुम्बिनीको विहार व्यवस्थापनको अभ्यासबाट पाठ सिक्दै बृहत् लुम्बिनी क्षेत्रको रुपमा रहेको रामग्राम, तिलौराकोट लगायत क्षेत्रमा पनि विहारक्षेत्र किटान गरी व्यवस्थापनको कार्य गर्न सकिने लगायतकासुझावहरु प्रतिवेदनमा दिइएको छ ।

भट्टराईले प्रतिबेदन अध्ययनपछि कोषसँग सम्बन्धित नियम विपरित निर्माण भएका विहार तथा होटल लगायतका प्रतिवेदनमा समेटिएका अन्य विषय वस्तु र सुझावहरुलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता ब्यक्त गरे । मन्त्री भट्टराईले शान्ति भूमि लुम्बिनीको विकासका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताए । संयोजक ज्ञवालीलीले लुम्बिनीमा रहेको प्लटहरुको अवस्थामा प्रतिबेदनबाट स्पष्ट हनुेृ बताए । ज्ञवालीले प्रतिवेदनमा दिइएका सुझाव एवंम निष्कर्षहरु मन्त्रालयले कार्यान्वयन गर्नेमा आफू विश्वस्त रहेको यसले केही समयभित्रै लुम्बिनीलाई प्रतिफल दिने बताए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रतिवेदन लेखन उप–समितिका सदस्य सुरेन्द्र मुनी शाक्यले प्रतिवेदनले कोषलाई आगामी दिनमा योजना कार्यान्वयनमा सहजता हुने बताए । शाक्यले प्रतिवेदनमा विहारहरुको हालको अवस्था उल्लेख भएकोले प्रतिवेदन महत्वपूर्ण महत्वपूर्ण रहेको बताए । प्रतिवेदन लेखन समितिमा मन्त्रालयका प्रतिनिधि उपसचिव दुर्गा भुर्तेल सहित विशेष सहयोगीको रुपमा लुम्बिनी विकास कोषका कर्मचारी खगेन्द्र काफ्ले र कृष्ण प्रसाद पौडेलले कार्य गरेका थिए ।
भगवान् गौतम बुद्धको जन्म स्थल लुम्बिनी क्षेत्रको संरक्षण गरी विश्वभर चिनाउने उद्देश्यले सुरु गरिएको लुम्बिनी विकास गुरुयोजना ४ दशकसम्म पनि अझै पूरा हुन सकेको छैन । सन् १९७८ मा सुरु गरिएको गुरुयोजना १४ वर्ष भित्र पूरा गर्ने महत्वकांक्षी लक्ष्य राखिएको थियो ।
गुरुयोजना अन्तर्गत निर्माण गर्नुपर्ने कतिपय संरचनाहरु निर्माण भइसके पनि कतिपय महत्वपूर्ण संरचनाहरुको निर्माण कार्य अझै बाँकी रहेको छ । जापानी बास्तुकलाविद् केन्जो टाँगेको डिजाइनमा अघि बढाइएको गुरुयोजना अन्तर्गत १ हजार १ सय ५५ विघामा पवित्र उद्यान, मोनाष्टिक जोन र न्यु लुम्विनी भिलेजका रुपमा विकास गर्ने योजना रहेको छ । लुम्बिनीमा हाल विभिन्न देशका छुट्टाछुट्टै मन्दिरहरु रहेका छन् भने कतिपय देशका मन्दिरहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,