Connect with us
Kapilvast Forest

दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

२०७७, १३ भाद्र शनिबारमा प्रकाशित

accident

 

विराटनगर – मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एक प्रहरी हवल्दारको उपचारका क्रममा विराटनगरमा शनिबार बिहान मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत सप्तरीको बलान घर भएका हवल्दार विजयकुमार मण्डलको दुर्घटनामा परेर मृत्यु भएको हो।

कार्यालयकै मोटरसाइकलमा गस्तीमा निस्किएका बेला शनिबार बिहान ४ बजेतिर उहाँले चलाएको को १ प २११५ नम्बरको मोटरसाइकल इनरुवा नगरपालिका–९ बबिया मोडस्थित भित्री सडक खण्डमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिनु भयो।

दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी हवल्दार मण्डललाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याइएको थियो।टाउकोमा चोट लागेका उहाँको उपचारका क्रममा मृत्यु भएको एसपी थापाले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,