Connect with us
Kapilvast Forest

कोरोना सङ्क्रमितको अवस्था पत्ता लगाउनका लागि मोबाइल ट्रेसिङ सुरु

२०७७, १३ भाद्र शनिबारमा प्रकाशित

हेटौँडा -मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र कोरोना भाइरसको सङ्क्रमणका कारण होम आइसोलेशनमा बसेकाहरुको फोन ट्रेसिङको काम सुरु गरिएको छ ।

हेटौँडा अस्पतालबाट होम आइसोलेशनमा रहेकाहरुको मोबाइल एप्समार्फत ट्रेसिङको काम सुरु गरिएको हो ।हेटौँडा १, ४ र ६ वडामा फोनबाट नै ट्रेसिङको काम सुरु गरिएको हेटौँडा अस्पतालका सुपरिटेण्डेण्ट डाक्टर प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।

हेटौँडाका अरु वडामा पनि मोबाइल एप मार्फत् अवस्था पत्ता लगाउनका लागि काम सुरु गरिने उहाँले बताउनुभयो ।कोरोना सङ्क्रमित घरबाट बाहिर निस्कने गुनासो आएकाले ट्रेसिङको काम सुरु भएको डाक्टर श्रेष्ठले बताउनुभयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,