Connect with us
Kapilvast Forest

एअर अरेबियाले पीसीआर रिपोर्ट नभएका यात्रु ल्यायो

२०७७, १३ भाद्र शनिबारमा प्रकाशित

aribian

काठमाण्डौ- एअर अरेबियाले पीसीआर रिपोर्ट नभएका यात्रु काठमाण्डौ ल्याएर दुस्ख दिएको गुनासो आएपछि पर्यटन मन्त्रालयले छानविन समिति गठन गरेको छ ।

भदौ ९ गते मंगलबार यूएईको सारजहाँबाट काठमाण्डौ आएको एअर अरेबियाको जहाजले ल्याएका एक सय ६१ नेपालीमध्ये १९ जनाको पीसीआर रिपोर्ट थिएन । पीसीआर रिपोर्ट नभएकैले उनीहरुले काठमाण्डौमा क्वरेण्टीनको लागि निकै समस्या भोग्नुपरेको थियो ।

यसको छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा संयोजक रहेको तीन सदस्यीय समिति गठन गरेको हो । शुक्रबार गठन भएको समितिले तीन दिनभित्रमा रिपोर्ट पेश गर्नेछ ।

सरकारले विदेशबाट आउनेहरुको साथमा अनिवार्य पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने नियम बनाएको छ । त्यसो नभएमा सम्पूर्ण यात्रुको होटल क्वरेण्टीन खर्च सम्बन्धित एअरलाइन्सले नै बेहोर्नुपर्ने सरकारले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,