Connect with us
Kapilvast Forest

आइसोलेसन तोडफोडमा संलग्न दुवैजनालाई कोरोना

२०७७, १३ भाद्र शनिबारमा प्रकाशित

संखुवासभा-संखुवासभाको हिमालय किरण क्याम्पसको खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न दुई जनामा कोरोना संक्रमण देखिएको छ। हिमाल क्याम्पसमा भएको आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो।

आइसोलेसन तोडफोड गर्न ६० वर्षीय पुरुष ६२ वर्षीय पुरुषलाई कोरोना भाइरस पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रबक्ता रोशन श्रेष्ठले जानकारी दिनु भयो ।

प्रहरीले आइसोलेसन तोडफोड गरेको आरोपमा हिमालय किरण क्याम्पसका प्रमुख डा.मातृका तिम्सिनासहित ५ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो। आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरी हिरासतमा रहेका दुई जनालाई कोरोना संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएस्पी नवराज मल्लले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,