Connect with us
Kapilvast Forest

रक्तश्रावले सुत्केरीको मृत्यु,बच्चाको अवस्था सामान्य

२०७७, १३ भाद्र शनिबारमा प्रकाशित

दैलेख – दैलेखको ठाटीकाँध गाउँपालिकामा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ ।गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार राति सुत्केरी भएकी ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको रक्तश्राव नरोकिएपछि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । बच्चाको अवस्था भने सामान्य रहेको बताइएको छ ।

दरबन्दीका चिकित्सक स्वास्थ्य केन्द्रमा नभएकाले र सदरमुकामबाट सात घण्टाभन्दा बढी समय लाग्ने विकट ठाउँ भएकाले उपचार अभावमा सुत्केरीको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।शाहीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएपछि स्थानीयवासीले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन् ।

स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज लक्ष्मी रावतले व्यवस्थापन गर्दागर्दै आवश्यक सामग्री र चिकित्सक नहुँदा उपचारमा कठिनाइ भएपछि अन्यत्रै उपचारका लागि लान सिफारिस गरिएको बताउनु भयो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,