Connect with us
Kapilvast Forest

बाँदरलाई हानेको गोलीले बालकको ज्यान गयो

२०७७, १३ भाद्र शनिबारमा प्रकाशित

banduk
filephoto

काठमाडौं-खोटाङको ऐंसेलुखर्क गाउँपालिकामा बाँदरलाई हानेको गोली लागेर १२ वर्षीय बालकको मृत्यु भएको छ।गाउँपालिका(४ जलेश्वरी थापागाउँका बालक शैलेन्द्र तामाङको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। घरदेखि एक किलोमिटर उत्तरमा रहेको सुठुनीबारीमा बाँदर धपाउदा यो घटना घटेको हो ।

घटना शुक्रबार रातिको हो । बाँदरलाई गोली हान्ने २४ वर्षीय मानकाजी तामाङलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ।।आफन्तकोमा बस्दै आएका बालकका बुवा,आमा नै विदेशमा रोजगारीमा गएका छन ।बालक मानकाजीका जेठानका छोरा हुन्

बाँदर धपाउने क्रममा बन्दुक पड्काउँदा बालकको अनुहार तथा टाउकोमा छर्रा लागेको थियो। बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।पक्राउ परेका तामाङलाई हिरासतमा लिएर अनुसन्धान थालिएको चिमरियाले बताए।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,