Connect with us
Kapilvast Forest

प्रचण्डसँग मन सगँ मन मिल्यो छ यो समय हात मिलाउने अवस्था छैन: प्रधानमन्त्री ओली

२०७७, १३ भाद्र शनिबारमा प्रकाशित

Rishi_Dhamala_With_PM.

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको असमझदारी हटिसकेको दाबी गर्नु भएको छ ।शनिबार साँझ पत्रकार ऋषि धमलासँग एक टेलिभिजन अन्तरवार्तामा प्रधानमन्त्री ओलीले प्रचण्डसँगका सबैखाले असमझदारी अन्त्य भइसकेको दाबी गर्नु भएको हो ।

‘प्रचण्ड र म बीचको असमझदारी मिलिसक्यो’, , ‘मन मनै हात मिलाउने हो भने मिलाउन सकिन्छ, तर कोरोनाले प्रचण्डजीसँग हात मिलाउन पाएको छैन।’प्रचण्डसँग मन सगँ मन मिल्यो छ हात मिलाउ आवयक छैन प्रधानमन्त्री ओली भन्नु भयो ।आफूलाई प्रचण्डबाट मुख्य रुपमा सहयोग नै भएको पनि स्पष्ट पार्नु भयो ।

आफूले घामजुन रहुन्जेल पदमा बस्छु नभनेको जिकिर गर्दै ,’मैले घामजुन रहुन्जेल प्रधानमन्त्री र अध्यक्ष रहिरहने भनेको छैन, यी पदमा कोही पनि घामजुन रहुन्जेल बस्‍ने कुरा पनि होइन ।’

प्रचण्डले पार्टी र आफूले सरकार एक्लै चलाउने कुरा सत्य नभएको बताउदै ओलीले भन्नु भयो ‘पार्टी एक्लै प्रचण्डले चलाउने, ओलीले सरकार एक्लै चलाउने भन्‍ने पनि होइन’, सरकार मैले एकलौटी चलाउँछु भन्‍ने होइन, तर प्रधानमन्त्री अधिकारसहित हुन्छ रबर स्टाम्प त होइन। प्रचण्डजी पार्टीमा केन्द्रित रहनुहुन्छ, तर हामी आपसी परामर्शमा अघि बढ्ने छौं।’

पार्टीभित्रका केही नेताहरुले समर्थनमा एक शब्द नबोली आलोचना मात्रै गर्ने गरेको भन्दै असन्तुष्टि पनि जनाउनु भयो ।पार्टीभित्रको एकता महाधिवेशनबारेको प्रश्नमा ओलीले सहमतिबाटै नेतृत्व चयन हुने बताउनु भयो ।“एकता महाधिवेशन गर्ने हो । सहमतिका साथ जानुको विकल्प छैन् । यद्धपी महाधिवेशन लोकतान्त्रिक थलो हो । सहमति उत्तम विकल्प हो ।

सहमति चाहीँ लोकतन्त्रको उच्चतम विन्दु हो । सबैको बीचमा सहमति हुन्छ । कसले के पाउँछ महाधिवेशनपछि भन्ने कुरा महाधिवेशनलाई नै जिम्मा दिउँ ।”

यसले उपयुक्त पात्र खोज्छ । नेतृत्वको लागि प्रतिष्पर्धाको आवश्यक नपर्न सक्छ । सहमति भयो भने प्रतिष्पर्धा किन चाहियो उहाँले भन्नु भयो ” भदौ २१ मन्त्रीमन्डल पुनर्गठन गर्ने तयारी भएको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,