Connect with us
Kapilvast Forest

सीपीएलमा मैकाको ३ खेलमा जित

२०७७, १४ भाद्र आईतवारमा प्रकाशित

sandip team

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहभागी जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसमाथि ३७ रनको जीत निकालेको छ ।जमैकाले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९।४ ओभरमा १ सय १० रनमा अल आउट भयो ।

जमैकाको जितमा कार्लोस ब्रेथवेटले ३।४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिु भयो ।विरसामी पेरुमलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिदा सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिनु भयो ।

फिडेल एडवारर्ड्सले ४ ओभरमा ३९ रन खर्चेर २ विकट लिए । मुजिब उर रहमानले ४ ओभरमा १२ रनखर्चेर १ विकेट लिनु भयो ।पहिलो ओभरको चौथो बलमा तीव्र गतिका बलर फिडेल एडवार्ड्सले ओपनर क्रिस लिनलाई ८ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काउनु भयो ।

स्पिनर विरसामी पेरुमलले आठौं ओभरको पहिलो बलमा रामदिनलाई विकेटकिपर चाडविक वाल्टनबाट १३ रनमा क्याच गराउनु भयो । पेरुमलकै १०औं ओभरमा ठूलो सट खेल्ने प्रयास गरेका ओपनर काइरन पवेल २१ रनमा स्टम्पिङ आउट हुनु भयो ।

त्यसअघि नवौं ओभरको पहिलो बलमा कार्लोस ब्रेथवेटले बेन डंकलाई २ रनमा बोल्ड आउट गर्नु भयो । ब्रेथवेटले नै रायद इम्रिटलाई ५ रनमा क्याच आउट गराउनु भयो ।

एडवार्डसले निकलाई १६ रनमा बोल्ड आउट गराउनु भयो । सन्दीपले इभिन लुईसलाई १६औं ओभरको पाँचौ बलमा रोभमान पवेलबाट २१ रनमा क्याच आउट गराउनु भयो।

त्यसअघि क्विन्स पार्क ओभलमा टस जितेर ब्याटिङ रोजेको जमैकाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । ओपनर ग्लेन फिलिप्स ६१ बलमा २ चौका र ६ छक्का सहित ७९ रनमा अविजित रहनु भएको थियो ।जितसँगै जमैका ६ खेलमा ३ मा जित र ३ हारसहित तेस्रो स्थानमा उक्लिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,