Connect with us
Kapilvast Forest

नेपालमै कोरोनाको औषधि बनेको दाबी

२०७७, १४ भाद्र आईतवारमा प्रकाशित

corona
filephoto

काठमाडौं – नेपालमै कोरोनाको औषधी तयार पारेको एक आयुर्वेद आचार्यले दावी गरेका छन् । बिगत लामो समयदेखि जडीबुटीको क्षेत्रमा अनुसन्धान गर्दै आएका रुपन्देहीको भैरहवाका डा।. बद्री गौतमले कोरोना भाइरसका लक्षणलाई निको पार्ने ‘अर्कबटी’ नामक आयूर्वेद औषधी तयार पारेको दाबी गर्नु भएको हो ।

उक्त औषधि परीक्षण स्वरुप १५० जना संक्रमितमा प्रयोग गरिएकामध्ये १३५ जना संक्रमणमुक्त भईसकेको जनाएका छन् । नेपालमा पाईने ५ प्रकारका जडिबुटी प्रयोग गरी उक्त औषधि तयार पारिएको उहाँको भनाई छ ।

उनले आफ्नै १५ लाख रुपैयाँ लगानीमा औषधि तयार पारेका बताउनु भएको हो । डा. बद्री गौतमले औषधी विभागमा आयूर्वेद औषधीको रुपमा दर्ता भएपछि बैधानिक रुपमा बजारमा ल्याउने पनि बताएका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,