Connect with us
Kapilvast Forest

क्वारेन्टाइन बनाइएका होटल रित्तै

२०७७, १४ भाद्र आईतवारमा प्रकाशित

hotel

हेटौँडा-कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञा जारी गरिएसँगै बन्द भएका हेटौँडाका पर्यटकीय होटललाई क्वारेन्टाइनका रूपमा प्रयोगमा ल्याउने अवधारणा ल्याइए पनि प्रभावकारी नभएको पाइएको छ । हेटौँडाका विभिन्न स्तरका १० वटा होटललाई क्वारेन्टाइनमा प्रयोगमा ल्याउने गरी होटल व्यवसायीसँगको समन्वयमा मकवानपुर होटल एसोसिएसनले गत जेठको अन्तिम साता व्यवस्था गरेको थियो ।

विदेशबाट फर्किएकाले शुल्क तिरेर बस्नका लागि सेवाग्राहीलाई प्याकेज सेवा दिनेगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सूची बुझाए पनि सीमित व्यक्ति मात्र बस्न आएपछि होटललाई क्वारेन्टाइन बनाउने अवधारणा प्रभावकारी नदेखिएको हो ।

होटल एसोसिएसनका मकवानपुर अध्यक्ष शङ्करलाल श्रेष्ठले होटललाई क्वारेन्टाइनमा प्रयोगमा ल्याउने घोषणा गरिए पनि बस्न आउनेको सङ्ख्या कमी भएकाले होटलका कोठाहरू खासै प्रयोगमा नआएको जानकारी दिनुभयो ।

उहाँले होटलमा सेवाग्राहीले महँगो भएको भन्ने र समूहमा बस्न नआउँदा होटल सञ्चालकले खर्च धान्नै नसक्ने भएकाले क्वारेन्टाइनका रूपमा सञ्चालनमा आउने नसकेको भन्दै कोरोना भाइरस सङ्क्रमित राख्दा स्वास्थ्य सुरक्षाका कारण विद्युत्, पानीलगायतमा बढी खर्च हुने गरेको बताउनुभयो ।

एसोसिएसनले बिहान–बेलुकाको खाना, बिहानको नास्ता र दिउँसोको खाजा र सुत्ने व्यवस्थासहित सेवाग्राहीलाई प्याकेज सेवा दिनेगरी हेटौँडाका १० होटलका २०५ वटा कोठा क्वारेन्टाइनमा प्रयोगमा ल्याउन तयार गरिएको थियो ।
तीमध्ये बाथरुमसहितको प्रथम श्रेणीका ५८ वटा, द्वितीय श्रेणीका १२२ र तृतीय श्रेणीका २५ कोठा रहेका थिए ।

प्रथम श्रेणीका होटलमा एउटा कोठामा बस्दा एक जनाको दुई हजार पाँच सय र दुई जनाको तीन हजार पाँच सय रुपियाँ, द्वितीय श्रेणीका होटलमा एउटा कोठामा एक जना बस्दा एक हजार सात सय र दुई जना बस्दा दुई हजार पाँच सय रुपियाँ एक दिनको प्याकेजसहित तय गरिएको थियो ।

यस्तै एक दिन बसेबापत तृतीय श्रेणीको होटलमा दुई जनाको एक हजार आठ सय र एक जनाको एक हजार दुई सय रुपियाँ शुल्क सेवाग्राहीले तिर्नुपर्ने गरी मूल्य तय गरिएको श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “विदेशबाट आउने क्रम पछिल्लो समय कम भएको छ । होम क्वारेन्टाइनको अवधारणा ल्याइएपछि होटलमा बस्ने कोही भएनन् । ”

हेटौँडा अस्पतालका एक चिकित्सक कोरोना भाइरस सङ्क्रमित भएपछि अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी होटेलमा आइसोलेसनमा बसेका थिए । पछिल्लो समय हेटौँडा औद्योगिक क्षेत्रस्थित दुई उद्योगले यहाँका दुई होटलमा कामदार कर्मचारी राखेर काममा लैजाने ल्याउने गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,